|

सुर्खेत : सुर्खेतमा ६ जनामा डेंगुको संक्रमण भेटिएको छ। कर्णाली प्रदेश अस्पतालमा पाँच तथा स्थानीय माया मेडिकल हलमा एक जनामा डेंगुको संक्रमण भेटिएको हो। भदौ २१ गतेदेखि यता सुर्खेतमा ६ जनामा डेंगु भेटिएको हो।

सुर्खेतको बराहताल गाउँपालिका  १ का एलिना पुलामीलाई भदौ २१ गते डेंगु लागेको प्रदेश अस्पतालले पुष्टि गरेको थियो। यस्तै वीरेन्द्रनगर नगरपालिका ६ का कृष्णा विक, विनपा ४ का उदय सुनार, भेरीगंगा नपा ११ का लीला रिजाल, वीरेन्द्रनगरका शर्मिला देवी न्यौपानेलाई डेंगुको संक्रमण देखिएको प्रदेश अस्पतालले जनाकारी दिएको छ।  

मेडिकल सुपरिटेण्डेट तथा अस्पताल प्रमुख डा. डम्बर खड्काका अनुसार थप एक जना स्थानीय माया मेडिकल हलमा डेंगुको उपचार भइरहेको छ। वीरेन्द्रनगरको यरिचोकमामा बस्दै आइरकहेकी मीना रावतको त्यहाँ उपचार भइरहेको छ।

डा. खड्काले डेंगुको उपचार सहजै हुने आत्तिनु पर्ने अवस्था नरहेको बताए। डेंगुबारे जस्ता कुरा आएपनि डराउनुपर्ने अवस्था नरहेको उनको भनाई छ। बजारमा नानाथरिका हल्लाका पछि लागेर नआत्तिन डा. खड्काले आग्रह गरे। उनले बरु लामखुट्टेको टोकाइबाट बच्न सुझाब दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.