|

सुनसरी : इटहरीमा जारी पुष्पलाल स्मृति ब्याडमिन्टनमा सेनाका रत्नजित तामाङ र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी आ-आफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्।

तामाङले पुलिसका सुनिल जोशीलाई २१/१०, २१/१३ ले पराजित गरे। अब उनले फाइनल प्रवेशका लागि सेनाकै नवीन श्रेष्ठको सामना गर्ने भएका छन्। नवीनले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३/२१, २१/११, २१/१५ को सेटले पाखा लगाए।

यस्तै एपिएफका दिपेशले सेनाका रुकेश महर्जनमाथि २१/१६, २१/१६ को सेटले जित निकाले। सेमिफाइनलम धामीको भिडन्त पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठसँग हुने भएको छ। विकासले पुलिसका जीवन आचार्यमाथि २१/७, १८/२१, २१/११ को सेटले जित निकाले।

पुरुष एकल खुल्ला तर्फ सेनाका पविन लिनथेप बाँकेको रियाज अन्सारीलाई १६/२१, २१/७, २१/११ को सेटले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए। अब उनले सेमिफाइनलमा एपिएफका प्रियान्सु सिंह क्षेत्रीसँग प्रतिस्पर्धा गर्ने छन्।

प्रियान्सुले एपिएफका ईन्द्र बहादुर महतालाई २६/२४, २१/१९ को सेटले पराजित गरे। यस्तै अन्तिम चारमा पुग्ने अन्यमा कैलालीका देवराज राना र एपिएफका निराजन देवकोटा रहेका छन्। रानाले पुलिसका पूर्णबहादुर थापालाई २१/१६, २१/१५ ले तथा देवकोटाले झापाका प्रनिश सिंह ठकुरीलाई २१/१५, २१/१४ ले पराजित गर्दै भेट पक्का गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.