|

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ४ बहागामा करेन्ट लागेर ७ वर्षे बालकको मृत्यु भएको छ।  विहिबार राति करेन्ट लागेर खिलराज विकका ७ वर्षिय छोरा प्रशान्त विकको मृत्यु भएको हो।

घर नजिकै आफ्न्तको कुखुरा फर्ममा खेल्न गएका बालकलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए। 

‘करेन्ट लागेर घाइते बालकको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाट ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो,’ उनले भने, ‘कानुनी प्रक्रिया पूरागरी शव परिवारको जिम्मा लगाएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.