|

काठमाडौं :  बलिउड नायिका सन्नी लियोनी  नेपाल आएकी छिन्। बिहिबार साँझ भएको नेपाली चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आएकी हुन्।

चलचित्रको प्रिमियर शोमा उपस्थिति जनाउन नेपाल आएकी उनले नेपाल विश्वकै सुन्द्र देश भएको बताइन्। ‘मलाई नेपाल विश्वकै सुन्दर देश लाग्छ। यहाँका मान्छेले मलाई प्रभावित पारेका छन्,' अभिनेत्री लियोनीले भनिन्, 'बेलाबेलामा नेपाल आउन पाउँदा मलाई खुसी लागेको छ।'

शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रलाई सम्राट् बस्नेतले निर्देशन गरेका हुन्। चलचित्रमा आइटम डान्स गरेकी छिन्। उनले नेपाली गीतमा आफ्नो कला देखाउन पाएकोमा खुशी व्यक्त गरिन्। सन्नीले चलचित्र ‘पासवर्ड’मा समावेश गरिएको ‘सन्नी हो नाम’ बोलको गीतमा आइटम नृत्य गरेकी छिन्।

प्रिमियरमा शोमा  सनिका अलवा चलचित्रका मुख्य कलाकार विक्रम जोशी, अनुप विक्रम शाही, रविन्द्र झा कुमारी हल पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.