भारतको उडिसा राज्यकी बिनोदिनी समल विद्यार्थी पढाउन सधैँ नदी तरेर विद्यालय पुग्छिन्। ५३ छात्रा विद्यार्थीलाई पढाउनको लागि राठियापाल प्राथमिक विद्यालमा पुग्छिन्। वर्षाको समयमा घाँटीसम्मको पानी तरेर भए पनि विद्याल पुग्छिन्। 'काम मैले राखेको हो, पानी राखेको हो,' विनोदिनी भन्छिन्, 'सधैँ पानीमा भिज्दा बिरामी पनि भएँ तर अहिलेसम्म बिदा लिएकी छैन।'
घरदेखि विद्याल तीन किमि टाढा छ। उनी राठियापालमा स्वयसेवी शिक्षकको रूपमा पढाउँछिन्। उनको महिनाको ७ हजार तलब छ। उनलाई शिक्षा विभागले २ हजारमा नियुक्ति गरेको हो। उनी यस विद्यालयमा २००८ देखि अध्यापन गराइरहेका छिन्। ११ वर्षदेखि उनी सधैँ खोलाको बाटो हुँदै जान्छिन्।
'वर्षमा यहाँको अवस्था झन् खराब हुन्छ, पानी घाँटीसम्म आउने गर्छ,' उनी भन्छिन्, 'मेरा लागि यो काम सबैभन्दा ठूलो हो। घरमा बसेर के गर्नु?' सुरुवातीमा १७ सय रुपैयाँ थियो। उनले भनिन,'
नदीमा ४० मिटरको पुल बनाउने प्रस्ताव लगेको छ। तर, अहिलेसम्म पुल बन्न कुनै सम्भावना छैन।' धेरै गर्मी हुँदा पानीको बहाब कम हुन्छ। वर्षाको समयमा पुनः पहिलेको जस्तै हुन्छ। विद्यालमा २ शिक्षक छन्। प्रधानाध्यापक काननबाला मिश्रा र बिनोदिनी।
वर्षाको समयमा प्रधानाध्यापक र धेरै विद्यार्थी विद्याल पुग्दैनन्। तर, बिनोदिनी सधै पुगेकी हुन्छिन्। बिनोदिनी सधै एक जोर कपडा र मोबाइल एउटा प्लाष्टिक झोलामा राख्छिन्। त्यहीँ झोला शिरमा राखेर नदी तर्छिन्। विद्याल पुगेर उनी विद्यालको पोशाक लगाउँछिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।