|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस मनाउने तयारी सुरु गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिवसको तयारी सुरु गरेको जनाएको छ। प्रदेश सरकारले यस वर्ष तीन दिन सम्म दिवस भव्य रूपमा मनाउने बताएको हो। 

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस वर्ष फरक ढंगले संविधान दिवस मनाउने निर्णय गरेको छ। संविधान दिवसको लागि तयारी समेत सुरु भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुनप्रसाद पोख्रेलले जानकारी दिए। 

तीन दिनसम्म दीपावली गरिने उनले बताए। ‘यस वर्ष राष्ट्रिय उत्सवका रूपमा संविधान दिवस मनाइने छ’ उनले भने, संविधान दिवसको लागि भव्य तयारी सुरु भइसको छ।’ असोज २ गते देखि ४ गतेसम्म दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने उनले जानकारी दिए।

तीन दिन सम्म दीपावली, सञ्चार संवाद, र्‍याली, झाँकी र औपचारिक सभा समेत आयोजना गरिने बताए। संविधान दिवसको अवसर पारेरै ४ गते वृक्षारोपण गरिने पोख्रेलले बताए। भदौ २४ गते मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा संविधान दिवस मूल आयोजक समिति समेत गठन भइसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.