|

इमरान खान दोस्रोपटक अमेरिका जाने भएका छन्। उनी संयुक्त राष्ट्र सभामा भाग लिन २१ सेप्टेम्बरमा  खान अमेरिका जाने भएका हुन्। संयुक्त राष्ट्र महासभाको ७४ औं सभामा लिन जाने भएका हुन्। खानले सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

महासभामा जम्मू-कश्मीरको मुद्दा उठाउने पाकिस्तनी सञ्चार माध्यमले जनाएका छन्। प्रधानमन्त्री भएपछि उनको यो महासभाको पहिलो बैठक हो। त्यहाँ रहँदा उनले अन्य देशका प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

अमेरिकामा रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्ने भएका छन्। पहिलोपटकको भेटमा खानले ट्रम्पलाई कश्मीरको मुद्दामा मध्यस्ताको भूमिकाको लागि आग्रह गरेको थियो। उनले पनि त्यसमा मध्यस्थता गर्ने वाचा दिएर उनी विवादमा आएका थिए। ट्रम्पले मध्यस्थताको भूमिका गर्नको लागि उनको प्रस्तावलाई भारतीय संसदले उनको प्रस्तावलाई खारेज गरिदिएको थियो। पहिलोपटक जुलाईमा गएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.