|

जनकपुरधाम : प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत साइकल वितरण गर्दा सम्बन्धित क्षेत्रका सांसदलाई सहभागी नगराएको भन्दै विपक्षी दलका सांसदहरूद्बारा संसद अवरुद्ध पारेका छन्।

शुक्रबार दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाएको थियो। तर डेढ घण्टापछि सुरु भयो। सभामुख सरोज यादबले नियमित कार्य सम्पादन सुरु गरेको घोषणा लगत्तै विपक्षी नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले बोल्ने समय मागे। उनले साइकल वितरण गर्दा सम्बन्धित क्षेत्रका सांसदलाई नबोलाएकोमा आपत्ति जनाए। उनले बैठक समेत चल्न नदिने बताएपछि प्रमुख प्रतिपक्षी नेकपाका सांसदहरू समेते उठेर विरोध जनाए।

विरोध पश्चात सभामुख यादबले पटक पटक बस्न आग्रह गरेका थिए। तर उनीहरू बस्न नमानेपछि अन्ततः सभामुख यादबले उठेको सवाललाई सम्बोधन गर्न प्रदेश सरकारलाई रुलिङ गरे। साथै दुई दिनका लागि बैठक समेत उनले स्थगन भएको घोषणा गरेका छन्। अब अर्को बैठक भदौं २९ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

विपक्षी दलका सांसदले यसअघिको बैठकमा गत आर्थिक वर्षमा भएको विकास निर्माण कामको बिल फर्छ्याैट नभएको भन्दै सरकारको जवाफ माग गरेका थिए। तर यसबारे पनि सरकार जवाफ दिएका छैन। त्यसैले पनि सांसदहरू संसदमा अवरुद्ध गरेका छन् ।

चार दिनदेखि मुख्यमन्त्री लालबाबु राउत भने काठमाडौंमा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.