|

सल्यान : जिल्लामा रतुवा मार्ने सात जना पक्राउ परेका छन्। जिल्लाको कुमाख गाउँपालिका ३ का गणेश केसी, शिवकुमार शाही, काँसे रावत, देवस्थल केसी, लिलाधर केसी, तेजबहादुर केसी र शोवे बुढा पक्राउ परेका हुन्। 

कुकुरले टोकेर घाइते भएको रतुवालाई स्थानीयले नियन्त्रणमा लिई मारेको अवस्थामा इलाका प्रहरी कार्यालय रागेचौरले पक्राउ गरेको हो। उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी मनोज लम्साले बताए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

अपराध पुष्टि भएमा वन ऐन तथा राष्टिय निकुञ्ज ऐन अनुसार कारवाही हुने लम्सालको भनाई छ। कानुनी कुरा स्थानीयले नबुझ्दा यस्ता प्रकारका समस्या आउने गरेको डिभिजन वन अधिकृत थिरप्रसाद कार्कीले बताए। 


 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.