|

मोरङ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्रको रुपमा विकास गर्ने सरकारको चाहना रहेको बताए।

विराटनगर आँखा अस्पतालको १३ औँं वार्षिकोत्सव एवं पेइङ जाँच सेवा र रेफ्रेक्टिभ सर्जरी सेवाको शुक्रबार यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री राईले अन्धोपन न्यूनीकरणमा देशमा ठूलो पहिचान बनाएकामा प्रशंसा व्यक्त गरे।    

मुख्यमन्त्री राईले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गरी विदेशी मुलुकका नागरिकलाई आकर्षित गर्ने कार्यबाट सबैले प्रेरणा लिनुपर्नेमा जोड दिए।

नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष तीर्थप्रसाद मिश्रले संघले अन्धोपन निवारणमा ९० प्रतिशत सहयोग पुर्‍याएको दाबी गर्दै आँखा उपचारका बिरामीले प्रयोग गर्ने सामग्रीमा भन्सार छुटको माग गरे।

सङ्घद्वारा सञ्चालित अस्पतालले विदेशी मुद्राआर्जन गरी स्थानीयस्तरमा रोजगारी र आर्थिक कारोवारमा वृद्धि गरेको उनले दाबी गरे। संघका महासचिव एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष श्यामकुमार पोखरेल, प्रा सञ्जयकुमार सिंहले सन् २०१८ मा अस्पतालले २३७ जनालाई आँखाको नानी प्रत्यारोपण गरेर अन्धोपन हटाएको जानकारी दिए।

यस क्षेत्रमा एक हजार आँखाको नानी आवश्यक भएकामा गत वर्ष १० वटा संकलन भएको र वार्षिक १०० वटा नानी संकलन भएमा आँखा बैंकको स्थापना गरिने बताइएको छ।

संघद्वारा नेपालभरि १८ आँखा अस्पताल तथा ८६ उपचार केन्द्रमा सन् २०१८ मा २२ लाखले उपचार गराएका थिए भने दुई लाख ३० हजारको शल्यक्रिया गरिएको थियो । उपचार गराइएकामध्ये आठ लाख बिरामी विदेशी रहेको कार्यक्रममा जानकारी गराइयो।     

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.