|

धनकुटा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले कम्युनिस्ट सिद्धान्तअनुसार नेता कार्यकर्ताको चरित्र नभएका कारण पार्टी सुधार खाँचो रहेको टिप्पणी गरेको छन्।

नेकपा धनकुटाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा शुक्रबार नेता शर्माले पूर्वएमाले र पूर्वमाओवादी भनेर नेकपाको संगठन बिस्तार नहुने बताए। उनले नेपाल कम्युनिस्ट पार्टीको सिद्धान्तअनुसार नेता कार्यकर्ताको चरित्र निर्माण गर्न नसके कम्युनिस्ट पार्टी पतनतर्फ उन्मुख हुने चेतावनी दिए। जनवादी क्रान्तिको चरण पार गरेको भन्दै पुँजीवादी चरणको प्रवेश गरेको र अब समाजवादतिर प्रवेश गर्ने बेला आएको नेता शर्माको भनाइ छ।

प्रशिक्षणमा जिल्ला कमिटी, सल्लाहकार, नगर र गाउँपालिका पदाधिकारी, जनवर्गीय सङ्गठनका कमिटी लगायत सहभागी रहेका छन्। सात स्थानीय तह रहेको धनकुटा जिल्लाका करिब ४०० जना नेता तथा कार्यकर्तालाई सहभागी छन्। 

दुई दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाका प्रदेश १ इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य हेमराज भण्डारी, शिवकुमार मण्डल, जिल्ला अध्यक्ष राजेन्द्र राई प्रशिक्षक रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.