|

धनगढी : धनगढी फुटसल लिगको उपाधि कैलाश विकास बैंकले जितेको छ। नबिल बैंकलाई ४-९ले हराउँदै कैलाश विकास बैंकले उपाधि हात पारेको हो।

कैलाश विकास बैंकले नगद ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ। उपविजेता बनेको नबिल बैंकले नगद २५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ। कैलाशलाई उपाधि जिताउन निशान थापाले दोहोरो ह्याटिक गरे भने रमेश बोहोराले २ र महेश चौधरीले एक गोल थपे। नबिलका लागि विवेक विष्टले २ तथा वीरेन्द्र विष्ट र केशव चौधरीले एक एक गोल फर्काए।

सुदुरपश्चिम प्रदेशको सर्वाधिक धनराशीको फुटसल लिग फ्ल्याटल्याण्ड फुटसलमा भदौ ६ गतेदेखि सुरु भएको थियो। शनिबार सकिएको लिगको उत्कृष्ट खेलाडी नबिल बैंकका वीरेन्द्र विष्ट भए। सर्वाधिक गोलकर्ता कैलाश विकास बैंकका रमेश बोहोरा र उत्कृष्ट गोलरक्षक कैलाशकै सन्दीप शर्मा भए।

विजयी खेलाडीलाई एक समारोहका बीच टफी मेडल र प्रमाणपत्र वितरण गरिएको छ। फ्ल्याटल्याण्ड फुटसलका अध्यक्ष आशिष शाहको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर ओड रहेका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.