|

जनकपुरधाम : महोत्तरीको एकडारा गाउँपालिका २ का एक किशोरको वीभत्स तरिकाले हत्या गरेको अवस्थामा शव फेला परेको छ।

गाउँकै धान खेतको बीचमा स्थानीय राजकिशोर बैठाका १७ वर्षीय छोरा विकेश बैठाको हत्या गरी फालिएको अवस्थामा शनिबार शव फेला परेको हो। बैठाको घाँटी थिच्नुका साथै दुवै आँखा निकालिएको अवस्थामा शव फेला परेको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार खेतमा घाँस काँट्न गएकी महिलाले बैठाको हत्या गरिएको अवस्थामा शव देखेपछि गाउँलेलाई खबर गरेकी थिइन्। प्रहरीलाई सूचना पाएपछि घटनास्थल पुगेर कानूनी प्रक्रिया गरी शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको छ। हत्या कसले र किन गरेको विषयमा केही खुल्न नसकेको र अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।

पारिवारिक स्रोतका अनुसार शुक्रबार राति फोन आएपछि उनी घरबाट निस्केका थिए। अबेर रातिसम्म घर नआएपछि बैठाका आफन्त र परिवारका सदस्यले गाउँभरी खोजे पनि भेटिएका थिएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.