|

बाँके : डुडुवा गाउँपालिकाले डेंगुको संक्रमण हुन नदिन गाउँपालिकाका सवै वडामा औषधि छर्केको छ।

बाँके लगायत देशका विभिन्न स्थानमा डेंगुको संक्रमण फैलिन थालेपछि डुडुवा गाउँपालिकाले डेंगुरोग सार्ने मच्छरको लार्भा नष्ट गर्न औषधि छर्केको हो। 

बुधवारबाट सुरु भएको लार्भा नष्ट गर्ने अभियान अन्तरगत शुक्रवारसम्म सवै वडाका गाउँमा औषधि छर्किने कार्य सम्पन्न भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए। उनले सर्वसाधारणलाई डेंगुको संक्रमणबाट जोगाउने पहिलो उपाय लार्भा नष्ट गर्नुपर्ने भएकोले डेंगुको संक्रमण फैलाउने मच्छरको लार्भा नष्ट गर्ने अभियान थालेको बताए। 

प्रत्येक टोलमा पुगेर लामखुट्टेको लार्भा नष्टगर्ने औषधी छर्केर सकिए पछि सर्वसाधारणमा सचेतना अभिबृद्धिका कार्यक्रम समेत गर्न थालिएको बुढाले बताए। उनका अनुसार वडादेखि गाउँपालिकास्तरका सबै सरोकारवालासँग छलफल गरेर सचेतनामूलक कार्यक्रम संचालन गर्ने निर्णय भएको छ। 

शुक्रबार गाउँपालिकाका पदाधिकारी, जनप्रतिनिधि, शाखा प्रमुख लगायत गाउँपालिकामा सक्रिय संघसंस्थाको सहभागितामा अन्तक्र्रिया गरि सचेतनामूलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले जानकारी दिए।

डेंगु रोगको संक्रमण फैल्नबाट जोगाउन अब प्रत्येक टोल समुदायमा सचेतना फैलाउने कार्यक्रमलाई प्रभावकारी बनाइने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.