|

सुनसरी : राष्ट्रिय च्याम्पियन दिपेश धामीलाइ पराजित गर्दै नेपाली सेनाका रत्नजित तामाङले लगातार आठौँ पटक योनेक्स सनराइज नवौं पुष्पलाल स्मृती र्‍यांकिङ राष्ट्रिय ब्याडमिन्टनको उपाधी उचालेका छन्।

आठौँ पटक उपाधी उचाल्ने क्रममा रत्नले चिरप्रतिद्वन्दी एपिएफका धामीमाथि २१/१९, २१/१३ को सोझो सेटमा जित निकाले। यो जितसँगै रत्नले दाङमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद अन्तरगतको ब्याडमिन्टन प्रतियोगितामा भएको हारको बदला लिएका छन्। उक्त प्रतियोगितामा उनी धामीसँग नै पराजित भएका थिए।

यस्तै, राष्ट्रिय च्याम्पियन रशिलाले पूर्वविजेता भोजपुरकी नङ्गशल देवी तामाङलाई पराजित गर्दै पहिलो पटक उपाधी उचालिन्। उनले तामाङलाई २१/१६, २१/१५ को सेटमा सहज जित निकालिन। तेश्रो स्थानमा एपिएफकी जेशिका गुरुङ र राजधानी युथ क्लबका सीमा राजबंशी रहे। विजयी शीर्ष तीनका खेलाडीले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सयसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे।

नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा भएको प्रतियोगिताको पुरुष खुल्ला एकलतर्फ सेनाका पविन लिनथेपले कैलालीका देवराज रानालाई १९/२१, २१/११, २१/११ ले पराजित गरे। तेश्रो स्थानमा एपिएफका प्रियान्सु सिंह क्षेत्री र निराजन देवकोटा रहे।

यसैगरि महिला एकल खुल्लातर्फ कैलालीकी प्रार्थना देउवाले उपाधी चुमिन्। उनले जेष्ट ब्याडमिन्टनकी मनिषा खड्का सुरुवातमा नै खेलका दौरान खुट्टामा चोट आएका कारण खेल परित्याग गरेपछि उपाधी जितेकी हुन्।

तेश्रो स्थानमा बाँकेकी सुष्मा श्रेष्ठ र जेष्टकी सफी खत्री रहे। ईटहरी रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगलमा सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले बाजी मार्‍यो। रत्न र नवीनको जोडीले एपिएफका दीपेश धामी र विजित थापामगरको जोडीलाई १६/२१, २१/१७, २१/१२ ले पन्छाउँदै उपाधी जितेको हो। विजयी खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाललगायतले पुरस्कार वितरण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.