|

तनहुँ : लाखे नाच लोप हुँदै गएको छ। लोप हुँदै गएपछि लाखे नाच संरक्षणमा तनहुँमा लाखे नाच प्रतियोगिता गरिएको छ। इन्द्रजात्राको दिन तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौँडामा पहिलो पटक गण्डकी प्रदेशस्तरीय लाखे नाच प्रतियोगिताको हो।

नेवार समुदायको परम्परागत संस्कृतिको रूपमा रहेको लाखेनाच लोपोन्मुख बन्दै गएपछि अरिदेव नेवाः पुचः सेवा कोषले संरक्षणको कदम चालेको हो। पितृको स्मृतिमा निकालिने लाखेनाचको हराउँदै गएको र नेवारी युवा, बालबालिकाले समेत संस्कृति र परम्परा संरक्षणका लागि प्रतियोगिता गरिएको अरिदेव नेवाः पुचः सेवा कोषका अध्यक्ष खिमनारायण मल्लले बताए।

प्रतियोगितामा छाङेली नेवा खल दमौली प्रथम हुँदै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। ३२ समुहलाई पछाडी पार्दै प्रथम पुरस्कार प्राप्त गरेको कोषका सचिव ज्ञान नारायण मल्लले जानकारी दिए। आँप पिपल नेवाः समाज गोरखा द्वितीय, बाल गोपाल सेवा समिति पोखरा तृतीय र श्रीकृष्ण नेवाः खल खैरेनीटार सान्त्वना भएका छन्। विजेता समाजहरुलाई क्रमशः २५ हजार, १५ हजार र ८ हजार रुपैयाँ प्रदान गरिएको मल्लले बताए।

लाखे नाँचको प्रस्तुती, उनीहरूले लगाएको मुखौटा, भेषभुषा, बाजाको तालको मुल्यांकन गरी विजेता घोषणा गरिएको सचिव मल्लले बताए। प्रतियोगितामा गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, गोरखा, पर्वत र बाग्लुङ जिल्लाका विभिन्न स्थानबाट आएका ३३ समूहले सहभागिता जनाएका थिए। सहभागी प्रत्येक समूहलाई प्रोत्साहनस्वरूप तीन हजार रुपैयाँसमेत प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.