|

म्याग्दी  ः स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादन भएको स्वादिष्ट र रसिलो स्याउ यतिवेला नेपालका विभिन्न सहरहरुमा निर्यात भइरहेको छ।

हिमालपारीको जिल्ला मुस्ताङ सडक संजालसँग जोडिएसंगै मुस्ताङी स्याउको पहुँच पनि नेपालका विभिन्न सहरहरुमा पुगेको हो। तर, सडकको पहुँचसंगै  विगत तीन वर्षयता मुस्ताङी स्याउको मूल्य पनि आकासिएर सर्वसाधारणको पहुँच भन्दा टाढा बन्दै जान थालेको छ। 

तीन वर्ष अघि मुस्ताङका स्याउ बगैँचामा प्रतिकिलो ६० देखि ८५ रुपैयाँ सम्ममा पाइने स्याउ अहिले बगैचाँका बोटमा नै स्याउ कृषकहरुले ८० देखि १०० रुपैयाँ प्रतिकेजी बिक्री गर्दै आएका छन्। गतसाल स्याउ वगैचामा ६० रुपैयाँ प्रतिकोलो स्याउ बिक्रीगरेका स्याउ कृषकले अहिले अहिले मूल्य बृद्धि गरेका हुन्।

बागबानी अनुसन्धान केन्द्रले मुस्ताङमा उत्पादन भएको स्याउलाई  ग्रेड ए, ग्रेड वि र ग्रेड सी मा वर्गीकरण गरी सोही अनुरुप मूल्य निर्धारण गरेको छ। तर केन्द्रले निर्धारण गरिदिएको मूल्य भन्दा दुई गुणा बढिमा कृषकहरुले स्याउ बिक्री गरीरहेका छन्।  बजारमा मुस्ताङी स्याउको माग बढेपछि उचित मुल्य पाउँदा स्याउ  किसान उत्साहित भएका छन्। 

विगतमा ब्यापारीले सस्तो मुल्यमा खोज्ने गरेका थिए, हामीले प्रतिस्पर्थाको आधारमा बिक्री गर्नुपथ्यो, यो वर्ष काँचो स्याउलाई पनि राम्रो मुल्यमा बिक्री गरियो’ टुकुचेका पथबहादुर थकालीले भने। जिल्लाको कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ झोङ, घमीलगायतका ठाउँमा ८ सय ६७ मध्ये ३ सय १५ हेक्टरबाट स्याउ टिप्न सुरु गरिएको छ। 

स्याउ बेचेर मुस्ताङका एक किसानले न्युनतम ५० हजार देखि १० लाखसम्म आम्दानी गर्छन्।  जिल्लामा ब्यवसायीक रुपमा स्याउ खेती गरेका करिव १ सय १० जनाको हाराहारीमा रहेका छन्।  रेडरोयल, गोल्डेन तथा रिचएरेड डेलिसियस जातका स्याउ खेती हुदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.