|

तनहुँ : तनहुँकी बिनु गुरुङ मिस तनहुँ इन्टरनेशनल बनेकी छन्। 

काठमाडौंको कमलादी स्थित प्रज्ञाभवनमा देशभरिबाट छानिएका १५ प्रतिस्पर्धी बिच भएको मिस गुरुङ इन्टरनेशनल तेश्रो संस्करणको उपाधि बिनुले चुमेकी छन्। काठमाडौंमा भएको फाइनलमा १४ प्रतिस्पर्धीलाई पछाडी पार्दै बिनुले उपाधि हात पारेकी हुन्।

त्यस्तै फस्ट रनअरअपको उपाधि ओसिन गुरुङले हात पारिन् भने सेकेन्ड अन्जु गुरुङ भइन्। मल्टिमिडीयाको उपाधि मेरिजन गुरुङ हात पार्दा अर्गनाइजर्स च्वाइसको उपाधि गीता गुरुङले हात पारेकी छन्। 

विजेता बिनुले यामाहाको स्कुटरसँगै अन्य आकर्षक उपहार हात पारिन्। साथै सम्पूर्ण विजेताहरूले विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गरेका छन्। मिस गुरुङ इन्टरनेशनलको आयोजक मृगतृष्णा  फेसन एण्ड प्रोडक्सन हो भने व्यवस्थापन बि एण्ड बी इभेन्ट मेनियाले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.