|

भारत र पाकिस्तानबीचको सम्बन्ध तिक्त बनिरहेको अवस्थामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले युद्धको अवस्था देखिएको बताएका छन्। 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्धको सम्भावना देखिएको बताएका हुन्। 

अलजजिरा संचार माध्यमलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भारतका विरूद्ध काश्मीरमा युद्ध हुन सक्ने बताएका हुन्।

दुई आणविक देशबीच युद्धको खतरा बढिरहेको उनको भनाइ थियो। यसले विश्वमा नै मानवीय संकट उत्पन्न हुने उनले बताएका छन्।

भारतले कश्मीरको स्वायत्तता खोसेपछि त्यहाँ कर्फ्यूको अवस्था छ। लाखौँ सेना तैनाथ गरिएको छ भने संचार माध्यम र आवतजावतमा प्रतिबन्ध लगाइएको छ। यो विषयमा संयुक्त राष्ट्रसंघमा पनि उठिसकेको छ।

अहिले कश्मीरमा पनि भारतको कदमविरूद्ध प्रदर्शन भइरहेको छ। जसलाई पाकिस्तानले समर्थन जनाइरहेको छ। 

पाकिस्तानले कश्मीर मुद्दालाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याए पनि त्यसको ठोस किसिमले सुनुवाई हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.