|

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकको भविष्य सुनिश्चित हुनेगरी आर्थिक विकासको आधार तयार पारेको दाबी गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले छिमेकी मुलुक भारत र चीनसहित अन्तराष्ट्रिय सम्बन्ध विकासमा पनि सरकारले महत्वपूर्ण योगदान पुर्‍याएको बताए। कानुन निर्माणका दृष्टिले पनि सरकारको प्रयासलाई विरोध गर्न मिल्ने अवस्था नरहेको पनि अध्यक्ष दाहालको भनाइ छ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधान कार्यान्वयनको दिशामा पनि संवैधानिक प्रश्न नउठने गरी सरकारले काम गरिरहेको बताए। उनले नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले जनताले अपेक्षाअनुसार काम सरकारले गर्न नसकेको पनि स्वीकार गरे।

अध्यक्ष दाहालले चीनले अघि सारेको ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ’ परियोजना नेपालको हितमा रहेकाले त्यसमा नेपाल सरकारले साथ दिएको पनि स्पष्ट पारे। सो परियोजनामा नेपालका सबै राजनीतिक दलहरुको साथ रहेको पनि अध्यक्ष दाहालको विश्वास थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.