|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले शान्ति सुरक्षा कायम गर्ने सवालमा नेपाल प्रहरीको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका छन्। 

आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका एकजना सांसदले प्रहरीको भूमिकाबारे प्रश्न उठाएका हुन्। 

कांग्रेसका सांसद डा. अमरेश सिंहले आफ्ना नेता कार्यकर्ता कुटिँदा पनि प्रहरी रमिते बनेको आरोप लगाए। उनले भदौ २६ गते बाँकेको खजुरामा कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाट भएको आक्रमणका क्रममा घटनास्थलमै रहेको प्रहरीले केही गर्न नसकेको भन्दै आपत्ति प्रकट गरे। 

नेपाल प्रहरीको नामसमेत फेर्नुपर्ने भन्दै उनले कटाक्ष गरे। ‘नेपाल प्रहरीको नाम अब नेकपा प्रहरी राखौँ’, उनले भने, ‘घटनास्थलमा प्रहरी हुँदा पनि आक्रमण रोक्न पहल गरेन। राजनीतिक निर्देशनमा यो घटना भएको हो।’ 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.