|

सल्यान : जिल्लाको सिद्ध कुमाख गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिकाको कार्यालयमा पार्किङ गरी राखिएको रा१झ १७० न गाडीमा अज्ञात समूहले शनिबार राति आगजनी गरेको हो।

आगजनीबाट गाडीको अगाडीको भाग पूर्णरूपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। घटनाको अहिलेसम्म कसैले जिम्मा नलिएको र कुनै शंकास्पद वस्तु पनि नभेटिएको उनको भनाइ छ।

गाउँपालिकामा जडान गरिएको सिसिक्यामेराको फुटेज हेर्ने कार्य भइरहेको र अनुसन्धान भइरहेको खतिवडाको बताए। यसअघि आफूलाई कतैबाट धाकधम्की नआएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.