|

म्याग्दी : गाउँघरमा पाइने एउटा बोकाको मूल्य कति पर्ला? २० हजार,५० हजार वा त्यो भन्दा पनि बढी? तपाइँको अनुमान भन्दा धेरै मूल्यको बोका म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका धन श्रीषको फार्ममा छ।

बाख्रापालनमा जिल्लाकै नमुना कृषकको रुपमा आफ्नो परिचय स्थापित गरेका श्रीषले साढे २ लाख मूल्य पर्ने एउटा बोकालाई हुकाई रहेका छन्। बैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका फर्किएका श्रीषले दक्षिण अफ्रिकाबाट खरिद गरी ल्याएको बोकाको तौल करिव १ सय केजीको रहेको बताए। 
'बोकालाई बिक्रीमा राखेको छु। हेर्न आउनेको पनि भीड लाग्छ' श्रीषले भने।

जिल्लामै बोयरको केन्द्र बनाउन लोकल बाख्रालाई विस्थापित गरेका श्रीषको फर्म हाउसमा बोयर बाख्राको मूल्य ५० हजारभन्दा धेरै पर्छ। ‘डेढ लाख मूल्यका धेरै बोका विक्री गरेँ। प्योर बोयर बोकाको बजार समस्या छैन' उनले भने।

जिल्लाका साथै देशका विभिन्न जिल्लाबाट फर्ममै खरिद गर्न आउने खरिदकर्ताले बैना लगाउने गरेको बताए। एउटै बोकाको मूल्य यति धेरै भन्दै फर्किनेलाई बोयरको जातका बोका बाख्राका बारेमा जानकारी गराउने गरेको श्रीषको भनाई छ। फर्ममा रहेका ६० वटा बोयर जातका बाख्रा मध्ये अफ्रिका र अष्ट्रेलियाबाट खरिद गरेर ल्याएका ५ वटा बाख्रा र बोका समेत छन्।

आफ्नै खेतबारीमा उन्नत जातका घाँस लगाएका श्रीषले दुई वर्षमा बार्षिक २० लाख आम्दानी गर्ने योजना बनाएका छन्। ब्यवस्थित खोरमा पालिएका बोका बाख्रालाई अवलोकन गर्न जिल्ला भित्रका साथै बाहिरी जिल्लाबाट पशुसेवा कार्यालयकै सिफारिसमा आउने गरेका छन्। गतवर्ष ९ लाख आम्दानी गरेका श्रीषले यसवर्ष १४ लाख कमाउने योजना बनाएका छन्।

‘धेरै वर्ष विदेशमा बेकार खर्च गरियो,‘गाउँमा फर्किएर लोकल बाख्राबाट ब्यवसाय सुरु गरेपछि कमाई राम्रो हुन थाल्यो' उनले भने। स्थानीय जातका बाख्रालाई दिने समय र दानापानीले बोयरलाई पुग्ने भएपछि बोयर बाख्रा र बोका मात्रै पाल्न थालेको बताए। उनका अनुसार प्योर बोयर १५० देखि ३ सय ग्रामसम्म बढ्ने भएकाले पनि बोयरमै लगानी गरेका छन्। 

रोजगारको सिलसिलामा युरोपियन मुलुक र खाडीमा डेढ दशक विताएका श्रीषले सातलाख ऋणमा २५ वटा स्थानीय जातको बाख्राबाट ब्यवसाय सुरु गरेका श्रीषले बोयरको बोका खरिद गरी ल्याएर स्थानीय लोकल जातको बाख्रासँग क्रस गराई त्यसबाट उत्पादित बाख्रालाई प्रति केजी २ हजारमा विक्री गर्ने गरेका छन्। 

श्रीष पशुपालन तथा कृषि फार्म प्रालि दर्ता गरी व्यावसायिक बाख्रापालन गरेका श्रीषले बिउका रुपमा बोयर जातको बाख्रा पालेकाले बोयरको स्रोत केन्द्र बनाउन आवश्यक पूर्वाधार र तालिम समेत लिएका छन्। विश्वभरको बाख्रापालनको बारेमा इन्टरनेटका माध्यमबाट खोजी गर्ने गरेका श्रीषले अफ्रिकन जातको बाख्रापालनको मोडेललाई प्रयोग गरेका छन्। 

हाइब्रिड पद्धतिबाट बाख्रा उत्पादन गर्ने, बाख्रापालनसम्बन्धी तालिम, डाले घाँस खेतीका बारेमा खेतबारीमै पुगेर जानकारी गराउने, जन्मदर बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोक लाग्ने, दूध मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुने उनले बताए।

६० रोपनी जग्गामा घाँस खेती गरेका छन्। यसैबीच उनले आगामी वर्षदेखि फर्ममा पाठापाठी जन्मना साथ जन्मदर्ताको प्रमाणपत्र र नियमित गतिविधिका साथै निरोगिताको प्रमाणपत्र समेत दिने योजना बनाएका छन्। 

करिव १० लाखको पूर्वाधार विस्तारको योजना बनाएका श्रीषले प्रमाणपत्रमा जन्ममिति, तौल, उमेर र जात समेत खुलाएर बिक्रीमा राख्ने बताए। अनलाइनबाटै बुकिङको सुविधाका लागि समेत प्रयास भइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.