चालु आवमा एक हजार मेगावाट थपिने

|

काठमाडौं : नेपाल विद्य्युत् प्राधिकरणले आगामी चैत महिना भित्र ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष लिएको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतवार पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिएका हुन्। 'भूकम्पपछि बन्द अवस्थामा रहेको स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको निर्माण चालु आवभित्र सम्पन्‍न गर्ने गरी अगाडि बढाइएको छ', घिसिङले भने।

त्यसैगरी १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन विद्युत आयोजना र निजी क्षेत्रका आयोजनासमेत गरी चालू आर्थिक वर्ष भित्र एक हजार मेघावाट विद्युत थप गर्ने योजना रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए। 

प्राधिकरणले चालू आर्थिक वर्ष भित्रै रुकुम पूर्व, कालिकोट, जुम्ला र बाजुरा गरी ४ जिल्लामा पनि राष्ट्रिय ग्रिड पुर्‍याउने योजना तय गरेको छ । कार्यकारी निर्देशक घिसिङले चालू आर्थिक वर्ष भित्र देशभर स्मार्ट मिटर जडान कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.