यस्ता छन् प्राधिकरणका योजना

|

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक भएर कुलमान घिसिङले तीन वर्ष बिताएका छन्। उनको कार्यकाल नेपाल विद्युत् प्राधिकरणका लागि स्वर्ण युगका रुपमा आयो। 

घिसिङले प्राधिकरण सम्हालेको पहिलो वर्षमै देशलाई लोडसेडिङ मुक्त गराए। दोस्रो वर्षदेखि उनले घाटामा रहेको प्राधिकरणलाई नाफामा लगे। यो वर्षमात्रै प्राधिकरणले ८ अर्ब भन्दा धेरै नाफा कमाएको छ। 

आफ्नो कार्यकाल तीन वर्ष पुगेपछि घिसिङले आइतवार पत्रकार सम्मेलन गरेर आफ्नो उपलब्धि र भावी योजना सुनाए। त्यसक्रममा उनले घाटाको कहाली लाग्दो अवस्थामा रहेको प्राधिकरणलाई नाफामा लगेको र देशलाई लोडसेडिङमुक्त गराउँदा चुनौती र कठिनाइबारे वर्णन पनि गरे। उनले त्यसक्रममा आफ्न भावी योजना पनि सुनाएका छन्। 

कुलमानले सुनाएका योजना उनकै शब्दमा

म नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको तीनवर्ष पूरा भएको छ। मैले जिम्मेवारी सम्हाल्दा बर्खामा समेत ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र संस्था झण्डै ९ अर्ब रुपैयाँ वार्षिक खुद घाटामा रहेको कहाली लाग्दो यथार्थ थियो भने हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो।

सम्माननी यप्रधानमन्त्री, माननी यऊर्जा मन्त्री, ऊर्जा सचिव, प्राधिकरण संचालक समितिका सदस्यहरु, राजनीतिक तथा प्रशासनिक नेतृत्व, आमकर्मचारी र आमउपभोक्ताको साथ र सहयोग सम्झँदै कहालीलाग्ने त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भएका छौं।

एकातर्फ लोडसेडिङ इतिहासमा बिलय भई नियमित विद्युत् आपूर्ति हुन थालेपछि पछिल्ला वर्षहरुमा मुलुकको आर्थिक बृद्धिदर उत्साहजनक छ भने अर्कोतर्फ प्राधिकरणले सम्पूर्ण क्षेत्रमा सुधार मात्रहोइन, उल्लेखनीय फड्को मारेको छ।

तीन वर्षअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिब १५० युनिट रहेकोमा अहिले नियमित विद्युत् आपूर्ति हुन थालेपछि बढेर करिब २४५ युनिट पुगेको छ। विभिन्न कारणले रुग्ण बनेका जलविद्युत उत्पादन, प्रसारण र वितरणका आयोजनाहरु निर्माण सम्पन्‍न भएका छन्।

तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन,वित्तिय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सब-स्टेसन विस्तार गर्न  संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणले ठूलो सफलता हात पारेको छ। आफ्नो आम्दानी बढाउँदै लगेर प्राधिकरण मुलुककै सबैभन्दा बढी आम्दानी गर्ने संस्था बनेको छ।

तीन वर्षका मुख्य उपलब्धी 

(१) वित्तीयतथाप्रशासनिक सुधारतर्फ

● आर्थिक वर्ष २०७२/७३मा रु.८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले आव०७३/७४मा रु १ अर्ब ४७ करोड, आव ०७४/७५मा रु २ अर्ब ८५ करोड र आव ०७५/७६मा रु ७ अर्ब २० करोड खुदनाफाआर्जन।

●आर्थिक वर्ष २०७२/७३मा रु.३४ अर्ब ६१ करोड संचित नोक्सानी रहेको प्राधिकरण यसलाई घटाउँदै आव ०७३/७४मा रु २८ अर्ब १७ करोड, आव ०७४/७५मा रु २५ अर्ब ५९ करोड र  आव ०७५/७६मा रु १५ अर्ब २२ करोडमा झार्न सफल।

●आर्थिक वर्ष २०७२/७३मा रु.३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणको आव ०७३/७४मा रु ५१ अर्ब ७० करोड, आव ०७४/७५मा रु ६१ अर्ब ९७ करोड र  आव ०७५/७६मा रु ७३ अर्ब ४६ करोडमा पुगेकोे।

● ‘उपयुक्त स्थानमा उपयुक्त व्यक्ति’भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरु गरिएको,प्राधिकरणले ग्राहकलाई  दिने सेवामा सुधार गर्न,विद्युत चुहावट नियन्त्रण, विद्युत महशुल वक्यौता असुली लगायतलाई मूख्य मानक मानी ग्राहक तथा वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने प्रक्रिया सुरु गरिएको।

● कर्मचारीको सरुवा, बढुवा, पदपूर्ति तथापदस्थापन गर्ने कार्यलाई नियमिततथाप्रभावकारी बनाएको।

● मुलुक संघीयतामा गएसँगै प्राधिकरणका क्षेत्रीय कार्यालयहरुलाई प्रादेशिक कार्यलयहरुमा रुपान्तरण गरिएको।

(२) उत्पादन

● विभिन्न समस्याझेल्दै अलपत्र अवस्थामा रहेको ३० मेगावाटको चमेलिया र २०७२ वैशाखको विनाशकारी भूकम्पछि निर्माण सुरु हुननसकेको ६० मेगावाटको त्रिशूली ३ ए जलविद्युतआयोजनाको निर्माणको काम सुचारु गराई निर्माण सम्पन्‍न गरिएको। १४ मेगावाटको कुलेखानी तेस्रो निर्माण सम्पन्नभई विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा पुगेको।

●विगत तीन वर्षमा प्राधिकरणको १०४ मेगावाट र नीजि उत्पादकहरुको २७१ मेगावाट गरी जम्मा ३७५ मेगावाट जलविद्युत आयोजना संचालनमा आएको।

●प्राधिकरणको सहायक कम्पनीहरुमार्फत निर्माण हुनलागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युतआयोजनाको काम द्रुतगतिमा अघि बढेको।

● भूकम्पपछि बन्दअवस्थामा रहेको स्वदेशीलगानीमानिर्माणाधिन राष्ट्रिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको निर्माण चालु आवभित्र सम्पन्न गर्ने गरी अगाडि बढाइएको।

●प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतकम्पनीअन्तर्गतका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्नहुने अवस्थामा पुगेका।

● १०६० मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलाशययुक्तजलविद्युतआयोजनाको विस्तृत परियोजनाप्रतिवेदनतयारी अन्तिम चरणमा पुर्‍याई वित्तीय व्यववस्थापनको आवश्यक कार्य अगाडी बढाइएको। साथै ९९.६ मेगावाटको तामाकोशी ५ को विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाइएको।

(३) प्रसारण

●आव २०७२/७३सम्ममाविद्युत् प्रसारण लाइनको सञ्जाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९०सर्किट किलोमिटर पुगेको,गतआवमा मात्रै सात सय ५७ सर्किट किलोमिटर लाइननिर्माण सम्पन्‍न भई ६०६ सर्किट किलोमिटर चार्ज भएको।

● लामो समयदेखि सम्पन्नहुननसकी रुग्ण बनेको काबेली करिडोरसहित  प्रसारण तर्फ ३ र वितरण तर्फ ३४ गरी जम्मा ३७ वटा रुग्ण आयोजना गत आर्थिक वर्षमा सम्पन्‍न, १३ आयोजनाको ठेक्का सम्झौता रद्ध गरी पूनः ठेक्का प्रकृया शुरु गरिएको।

● ढल्केवार २२० केभी सव-स्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतवीचको अन्तरदेशीय प्रसारण लाईन मुजफरपुर ढल्केबरलाई २२० के.भी. मा चालु गरिएको। कटैया कुशाहा १३२ के.भी. दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ के.भी. प्रसारण लाइनहरुको निर्माण सम्पन्न गरी नेपाल र  विहारवीच विद्युत आदानप्रदानको क्षमता विस्तार गरिएको।
● विगत तीन वर्ष भित्र नयाँ निर्माण तथा स्तरोन्नति गरी १७१२ एमभिए क्षमताका प्रसारण सबस्टेसन थप गरिएको।

(४) वितरण तथाग्राहक सेवा

● तीनवर्षअघिसम्म करिब ६२प्रतिशत नेपालीले ग्रीडमा आवद्ध विद्युतीय सेवापाएकोमा अहिले ७८ प्रतिशत जनतासम्म यो सेवापुगेको, गार्हस्थ, सामुदायिक तथा औद्योगिक ग्राहक समग्र जोड्दा उपभोक्ताको संख्या ४५  लाख पुगेको।

● ३३ केभी र त्यस भन्दामुनि करिब १० हजार सर्किट किलोमिटर लाइन निर्माण सम्पन्‍न भई चार्ज गरेको।

● नयाँ निर्माण तथा स्तरोन्नति गरी ७६५ एम.भि.ए. क्षमताका वितरण सबस्टेसनहरु प्रणालीमा थप गरिएको। करिव दशहजार वटा वितरण ट्रान्स्फर्मरहरु थप जडान गरी करिव एक हजार मेगावाट वरावरको वितरण क्षमता बढाएको।

● ग्राहकले विद्युत महशुल बुझाउन कार्यालयमै जानु पर्ने अवस्थालाई अन्त्य गर्न अनलाइन पेमेन्ट सुरु गरिएको।

● स्मार्ट मिटर प्रणाली काठमाडौं उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाउन ठेकेदार कम्पनी छनोट गरी काम सुरु गरिएको।

●देशभरी रहेका थ्री फेज मीटर तथा टि ओ डि मिटरहरुलाई स्मार्ट मीटर ले प्रतिस्थापन गर्ने कार्य द्रुतगतिमा अगाडि बढाएको।

● काठमाडौं उपत्यकामा जथाभावी राखिएको तारलाई पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा भूमिगत गरी व्यवस्थापन गर्न ठेकेदार कम्पनीले काम सुरु गरिसकेको। काठमाडौ, ललितपुर र भक्तपुर शहरहरुमाभूमिगतवितरण लाईन वनाउने गरी कार्य अगाडि बढाइएको।

चुहावट नियन्त्रण

●तीन वर्ष अगाडी कूल २५.७८ प्रतिशत रहेको विद्युत चुहावटलाई तीन वर्षभित्र १५.३२ प्रतिशतमा ल्याइएको, तीन वर्षभित्रमा १०.४६ प्रतिशत चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले वार्षिक रु ७ अर्ब थपआम्दानी गरेको।

(५) विद्युतव्यापार

●निजी क्षेत्रका ३४० आयोजनाहरुसँग ६ हजार ४४ मेगावाटको  विद्युत खरिद सम्झौता (पीपीए) भएको। आव २०७२/७३मा २७आयोजनासँग ४७४ मेगावाटको पीपीए भएकोमा आव ०७३/७४मा २८ आयोजनासँग ५५६ मेगावाट, आव ०७४/७५मा ४५ आयोजनासँग ११०३ मेगावाट र ०७५/७६मा ८५ आयोजनासँग १४८० मेगावाटको पीपीए गरिएको।

●नेपाल र भारतवीच वर्षौंदेखि हुननसकिरहेको विद्युतअदानप्रदान समितिको बैठक लाई नियमितताप्रदानगर्दै प्रत्येक वर्ष बैठक बसी विद्युत् व्यापार एवम् प्रसारण पुर्वाधार विकास गर्न आवश्यक छलफल एवम् निर्णय गरिएको।

आगामी कार्ययोजना

सरकारको निर्देशन र उपभोक्ताको हित नेपाल विद्युत प्राधिकरणका लागि सर्वोपरि हो। उच्चआर्थिक विकासको लक्ष्य पुरा गर्ने सरकारको उद्धेश्यअनुसार आवश्यक ऊर्जा उत्पादन, प्रशारण तथावितरण गर्न मात्र होइन, राष्ट्रको सम्पत्ति यो संस्थालाई नाफामूलक, अनुशासित, सम्मानितर शसक्तबनाउनस्पष्ट दृष्टिकोणका साथ प्राधिकरणलाई अघि बढाइने छ।

विगतमा लोडसेडिङ अन्त्य गर्न मुख्यध्यान केन्द्रित गरेको प्राधिकरणले अब ग्राहकको सन्तुष्टीलाई केन्द्रविन्दुमा राखी त्यहीअनुसार प्रसारण तथावितरण लाइन र सबस्टेसनको सुदृढीकरण र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउने छ।

आगामी दिनमा वर्षायाममा उत्पादित विद्युतलाई खेर जान नदिई शतप्रतिशत आन्तरिक खपत वा निर्यात गराउन विशेष ध्यान केन्द्रित गरिने छ।

लोड सेडिङ अन्त्यपछि उत्पन्न चुनौतीलाई समाना गर्दै सुरक्षित, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न प्राधिकरण दृढ छ।

अनलाइन तथा एकीकृत भुक्तानी प्रणालीलाई अबलम्बन गरी ग्राहकहरुलाई थप सुविधा उपलब्ध गराइने छ। प्राधिकरणले अब जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरुलाई गेम चेन्जर आयोजनाको रुपमा अगडि बढाउने छ।

सुशासन

● संस्थागत सुशासनलाई कठोरता साथलागू गरिने छ, भ्रष्टाचार नियन्त्रणमा सून्य सहनशीलताको नीति अबलम्बनगर्दै प्राधिकरणका क्रियाकलापलाई थप जिम्मेवार, पारदर्शी र जवाफदेही बनाइने छ।

● मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानु पर्ने हालको व्यवस्थालाई अन्त्य गर्न स्मार्ट मिटर जडान गरी टेलिफोन सेवामाजस्तै स्वचालितविलिङ लागू गरिने छ।

● प्राधिकरणको आन्तरिक प्रणाली र सेवा प्रवाहमा आधुनिक एवं नवीनतम् सूचनाप्रविधिको प्रयोग गरी ‘डिजिटल एनईए’ बनाइने छ। इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) प्रणाली लागू गरिने छ।

संस्थागत विकास

● प्राधिकरणको वित्तीयअवस्था सुदृढ गर्नका लागि सञ्चालन खर्चमा न्यूनीकरण, स्वःउत्पादन वृद्धि, विद्युत चुहावट घटाउँदै विद्युतको बिक्री परिमाण बढाउने लगायत उपलब्ध स्रोतको अधिकतम परिचालन गर्ने।

● नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत प्राधिकरणको दोस्रो वित्तीय पुर्नसंरचनामा भएको व्यवस्था र प्राधिकरण ऐनमाभएको व्यवस्था अनुसार प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन गर्न आवश्यकपहल गर्ने।

● प्राधिकरण होल्डिङ संस्थाको रुपमा रहने गरी हरेक प्रदेशमास्वायत्तप्रदेश विद्युतवितरण संस्थाखोलिने छ।
वितरण तथाविद्युतीकरण

२०७९ भित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पुर्‍याउने सरकारको महाअभियानलाई साथदिन र उपभोक्तालाई सुरक्षित, पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि हरसम्भव प्रयास गरिने छ।यसकालागिवितरण प्रणाली सञ्जालको विस्तार गरिने छ।

स्थानीयतहलाई क्रमिक रुपमा शतप्रतिशत विद्युतीकरण भएको घोषणा कार्यक्रमअभियानकै रुपमा चलाइने छ। चालु आवमाराष्ट्रिय ग्रिड नपुगेका रुकुमपूर्व, कालिकोट,जुम्ला र बाजुरामा ग्रिड पुर्‍याइने छ। ४० जिल्लालाई पूर्ण विद्युतीकरण गरिनेछ।

●देशैभरि स्मार्ट मीटर जडान कार्य गरिनेछ। वितरण प्रणालीलाई स्वचालित९ब्गतयmबतष्यल० बनाउनकार्यक्रम अगाडि बढाइने छ।

●आगामी दश वर्षमा दश हजार मेगावाट खपत गर्न सक्ने गरी वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति गरिनेछ।

माग व्यवस्थापन

●विद्युत खपतको दायरालाई विस्तार गरिने छ। विद्युतीय यातायातका लागि चार्जिङ स्टेसन स्थापना, विद्युतीयचुलो जस्ता विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गरिने छ।

●ऊर्जा दक्षता कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिने छ। ऊर्जा दक्षता भएका लीड चिम, पङ्खा, क्यापासिटर बैंक, पानीतान्ने मोटरलगायतका उपकरणहरुको प्रयोगमा व्यापकता ल्याई ऊर्जाको उच्चमाग व्यवस्थापन गरिने छ।
चुहावट नियन्त्रण

●प्राधिकरणमा रहेको प्राविधिक र गैरप्राविधिक चुहावटका नियन्त्रणलाई निरन्तरा दिइने छ। चालु आवमा विद्युत् चुहावटलाई १२प्रतिशतमा झार्ने लक्ष्यका साथ कार्यक्रम संचालन गरिने छ।

उत्पादन

●जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १०६० मेगावाटको माथिल्लो अरुण र ९९.६ मेगावाटको तामाकोसी पाँचौ जलविद्युत आयोजनामा ४९ प्रतिशत साधारण सेयर सर्वसाधारणको सुनिश्चितबनाई स्वेदशी वित्तीय संस्था र अन्तराष्ट्रिय वहुपक्षीय विकास साझेदारको सुहलियतपूर्ण ऋण रहने मोडलमा वित्तीयव्यवस्थापन निर्माण अगाडि बढाइने छ।

६३५ मेगावाटको दूधकोसी आयोजनाको पनिवित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ। साथै उत्तरगंगा जलाशययुक्त जलविद्युतआयोजना (८२५ मेगावाट), चैनपुर सेती (२१० मेगावाट) लगायत चिलिमे अन्तर्गत करिव ४२५ मेगावाटका जलविद्युतआयोजनाहरु अगाडि बढाइनेछ।

● ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र निजी क्षेत्रकाआयोजनाबाट चालू आवमाकरिब १००० मेगावाट विद्युत प्राणालीमा थपिने गरी काम अगाडि बढाइने छ।

● २५ मेगावाटको ग्रिडमा आवद्ध सौर्य ऊर्जा परियोजनाको निर्माण सम्पन्न गरिने छ।

प्रसारण

●सिंगटी- लामोसाँघु,सोलु करिडोर,दाना-कुश्मा,दोर्दी करिडोर, भरतपुर-बर्दघाट,मस्र्याङदी-काठमाडौं, चिलिमे -त्रिशूली, समुन्द्रटार-त्रिशुली ३ वीहव, कोसी करिडोर (इनरुवा-तुम्लिङटार खण्ड) प्रसारण लाइनको निर्माण चालू आवमा सम्पन्न गरिने छ।

● ढल्केबरमा निर्माणाधीन ४०० केभीको उच्चक्षमताको सबस्टेसन चालु आवमानिर्माण सम्पन्न गरी संचालनमाल्याइने छ।
● देशैभरका प्रसारण सबस्टेसनहरुलाई स्वचालित गरिनेछ।

●नेपाल र भारतबीचका विभिन्न अन्तरदेशीय प्रसारण लाइनहरु योजनाबद्ध रुपमानिर्माण गरिने छ, बुटवल-गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइननिर्माण मोडलको टुंगो लगाई निर्माण अगाडि बढाइने छ। साथै चालु आ.व.मा रुपन्देहीको मैनहीयादेखि उत्तर प्रदेश राज्यको सम्पतियासम्मको १३२ के.भी. प्रसारण लाईनको निर्माण शुरु गरिनेछ। कुशाहा-कटैयाको दोस्रो सर्किट लाईन निर्माण शुरु गरिनेछ।

● न्यू बुटवल-अत्तरीया (कन्चनपुरको दैजी) ४०० के.भी. लाईनको विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाईने छ। अन्य ४०० के.भी. लाइनहरुको अध्ययन गरिने छ।

● नेपालको रातमाटे र चीनको केरुङसम्मको ४०० केभीक्रस बोर्डर प्रसारण लाइनको नेपालतर्फको सम्भाव्यताअध्ययन सम्पन्न गरी निर्माण अगाडि बढाउन आवश्यकपहल गरिने छ।

विद्युत व्यापार

प्राधिकरणले भारतका ऊर्जासँग सम्वन्धित विभिन्‍न निकायहरुसँग छलफल एवं वार्ता गरी नेपालभारतबीचको डे अहेड र टर्म अहेड विद्युत बजारमार्फत् विद्युत व्यापार गर्न एनटिपिसी विद्युत व्यापार निगमसँग सम्झौता सम्पन्‍न गरी भविष्यमा कारोबार शुरु गरिने छ।

भारतको केन्द्रीय विद्युत प्राधिकरण र नेपाल विद्युत प्राधिकरणबीच इनर्जी बैंकिङसम्बन्धी आवधारणा पत्रमा सैद्धान्तिक सहमति जुटिसकेकाले इनर्जी बैंकिङसम्बन्धी कारोबार शुरु गरिने छ।

माग र आपुर्तिको सन्तुलन कायमराख्न विद्युत उत्पादनमा फड्को मार्नुपर्ने हाम्रो जिम्मेवारी हो।  ‘उज्यालो नेपालअभियान’अन्तर्गत आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्त, नियमित, भरपर्दो, र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भव प्रयासरत रहने र नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.