|

पर्सा : अढाई तीनदशक राज्यको सेवा गरी निवृत भएकाहरुको अनुभवलाई खेरजान दिनु नहुने सरोकारवालाले बताएका छन्। काम गर्ने जोस र जाँगर युवा पीढिमा बढी हुने भए पनि काम गराईका तरिका भने अनुभवीहरुसँग लिनुपर्ने उनीहरुले बताएका हुन्।

सेवा निवृत भएकाहरुको संगठन सेवा निवृत राष्ट्रसेवक कल्याणकारी समाज वीरगन्जको सोमबार शपथ ग्रहण तथा पदाधिकारीलाई प्रमाण पत्र वितरण समारोहमा स्थानीय सरोकारवालाहरुले सेवा निवृतहरुको अनुभव अझै प्रयोगमा ल्याउन पर्ने सुझाव दिए।

मुलुकको पछिल्लो संरचना अनुसार निर्माण भएका पालिकाहरुमा शिक्षा, स्वाथ्य, दैविप्रकोप तथा पर्यावरण र समाजिक विकासको कार्यमा नयाँ कर्मचारीको अनुभवले मात्र सेवा प्रवाह स्तरीय हुन नसक्ने भन्दै पुराना कर्मचारी तथा सेवा निवृतहरुको अनुभवलाई समेट्न पर्ने उनीहरुको सुझाव छ।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले पनि सेवा निवृत राष्ट्रसेवकहरुको सल्लाह, सुझाव र सहयोग स्थानीय क्षेत्रको लागि कन्सल्टेन्टको रुपमा प्रयोगमा ल्याउन सकिने बताए।

कल्याणकारी समाजका अध्यक्ष बलदेव साहले सेवा निवृत राष्ट्र सेवकहरुको अनुभवको सम्मान र सक्रियताको लागी नै समाजको गठन गरिएको दाबी गरे। नवगठित संगठनका पदाधिकारीहरुलाई पूर्व प्रमुख जिल्ला अधिकारीका रुपमा मुलुकका विभिन्न जिल्लाहरुमा काम गरी सेवा निवृत भएका बलराम सिंहले शपथग्रहण गराए। संगठित सेवानिवृत पदाधिकारीहरुलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरागीले प्रमाणपत्र वितरण गर्दै खारिएको अनुभवलाई राज्यले पनि हेलचेक्रयाइँ गर्न नहुने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.