|

पर्वत : सोमबार दिउँसोदेखि भइरहेको निरन्तर वर्षाका कारण जिल्ला समन्वय समिति पर्वतको भवन भत्किएको छ। वर्षाकै कारण गत असार ७ गते जहाँबाट भवन भत्किएको थियो मङ्गलवार पनि सोही ठाउँबाट भत्किएको छ।

यसअगाडि, समन्वय समितिको भवनसँगै जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयहरू पनि रहेकोमा उक्त कार्यालय लागि छुट्टै भवन निर्माण भएपछि समन्वय समिति रहेको भवन संरक्षणको अभावमा परेको थियो। असारमा भत्किएको ठाउँबाट थप भत्किने खतरा थाहा हुँदाहुँदै पनि आवश्यक संरक्षण नगरिँदा फेरि दोस्रो पटक थप क्षति भएको हो।

कार्यालयका लेखापाल भीमबहादुर रेग्मीका अनुसार भत्किएको कोठामा गैँती, बेल्चा लगायतका अन्य सामाग्री राखिएको पुरिएका छन्। समन्वय समितिका संयोजक मनोहर बी. पौडेलले समन्वय समिति रहेको भवन निकै पुरानो भएका कारण भत्किन थालेको र त्यसमा पनि भवन रहेको ठाउँबाट पानीको उचित निकास नभएका कारण भवन जोखिममा पर्दै आएको थियो।

जीर्ण भएको भवन भत्किँदै जान थालेपछि गत भदौ २५ गते भएको जिल्लासभाले तत्कालीन जिल्ला विकास समिति पर्वतले हस्तान्तरण गरेको सञ्चित कोष ५ करोड ६१ लाख ६८ हजार ५ सय लाई विनियोजन गर्दै २ करोड ६१ लाख ६८ हजार ५ सय जिल्ला समन्वय समितिको अत्याधुनिक भवन निर्माण गर्न बजेट विनियोजन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.