|

काठमाडौं : सिद्धार्थ बैंकले सुनसरीको इनरूवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार थप सुविधा विस्तार गर्न शाखा विस्तार गरेको जनाएको छ।

बैंकिङ् प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा र प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ् सेवा दिएको छ। 

सबैक्षेत्र र वर्गसम्म बैंकिङ् सेवाको पहुँच पुर्‍याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १६७ वटा शाखासंचालनमा ल्याएको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.