|

चेक बाउन्स कसुरमा भारतीय हास्य कलाकार राजपाल यादव तीन महिना जेल बसे। उनले आफू जेलमा बस्दाको अनुभाव भारतीय सञ्चार माध्यम दैनिक भास्करसँग साझा गरेका छन्। उनले अन्तर्वार्ताका क्रममा जेलमा बस्दा आफैँलाई चिन्ने अवसर पाएको बताए। उनले जीवनलाई नयाँ ढंगबाट चिन्‍ने अवसर पाएकोसमेत उल्लेख गरे। उनी फेब्रुअरीको अन्‍त्‍यतिर तिहाड जेलबाट रिहा भएका थिए। यस्तो छ उनको जेल अनुभव :

जेल-जीवनको अनुभव कस्तो भयो?

देशको नियमलाई म धेरै सम्मान गर्छु। नियमले मलाई जहाँ राखेको थियो, त्यहाँ धेरै अनुशासनमा बस्नलाई कोशिश गरे। म अहिले पनि कानुनभन्दा माथि छैन। जेलमा बस्दा जेलको नियम मानेर बसेँ।

संजय दत्तलाई जेलमा बस्दा फर्निचर बनाउने काम थियो, तपाईंको लागि कस्तो काम थियो?

म यहाँ सुध्रिनको लागि गएको थिए। त्यो भनेको काम गर्नको लागि होइन। म मेरो रुचीअनुसारको काम गर्थें। सांस्कृतिक, नाटकसम्बन्धी कार्यशाला जस्तोमा काम गर्थें। जेलमा बस्दा ५० जनाभन्दा बढी बालबालिकाहरूसँग अन्तक्रिया गरेँ। त्यहाँ जुन कैदीसँग कक्षा लिएँ उनीहरूले भन्थे राजपाल भाइ जस्तो समझदार कैदी साथमा हुन्छन् भने हामीलाई केही समस्या आउँदैन।

जेलमा बस्दा के कुरा धेरै सिक्‍नुभयो?

मलाई लाग्छ मैले आफैँलाई चिन्‍ने सुनौलो अवसर पाए। जसरी किसानले आफ्‍नो खेतमा फलाएको गहुँलाई खान र बेच्‍नलाई तथा उमारेर बीउको लागि पनि राख्छन्, मलाई लाग्छ जेलमा गएपछि मलाई भगवान्‍ले गहुँ बन्नको लागि अवसर दिनुभएको छ।

जुन कैदीहरूलाई तपाईंले सिकाउनु भयो, ती कैदीलाई कुनै भूमिका मिल्यो?

मैले कसैलाई कुनै भूमिका दिन सक्दिनँ। म कसैलाई सिकाउन सक्छु, तर अभिनेता बनाउन सक्दिनँ। यदि मैले कसैलाई अभिनेता बनाउन सक्थेँ भने मेरा सबै भाइ अहिलेसम्म हिरो बनिसक्थे।

जेलमा कोही छ, फेरि गएर भेटौँ-भेटौँ लाग्ने?

अहिलेसम्म अवसर मिलेको छैन, धेरै व्यस्त छु। मौका मिलो भने मनोरञ्जन कार्यशाला गर्नको लागि जान मन छ। त्यहा धेरै मानिस छन्, भेटन पनि जान्छु। एकजना प्रहरी पनि छन्, उनीसँग म धेरै प्रभावित भएको छु। उनी कैदीलाई राम्रा-राम्रा कथा सुनाउँछन्। जेलमा भएकालाई मनोपरामर्श गर्छन्। उनको इमान्दारिता र सेवाभाव धेरै राम्रो लागेको छ। उनलाई जसरी पनि गएर भेटछु।

खानाको कस्तो व्यवस्था थियो? खानाको व्यवस्था राम्रो हुँदैन भन्छन्, के सत्य हो?

त्यस्तो हुँदैन, जसले त्यस्तो भन्छ उसले त्यहाँको एकपटक भ्रमण गर्नुपर्छ। भ्रमणपछि उसले थाहा पाउँछ त्यहाँको खाना, व्यवहार र संस्कार कस्तो हुन्छ भनेर। नियमअनुसार त्यहाँ स्वस्थ्यकर खाना पाइन्छ।

जेलमा आश्चर्य लागेको कुरा के हो?

त्यहाँ अंग्रेजी र हिन्दी पढाइ हुँदोरहेछ। सबैलाई पुस्तकालयमा प्रवेश दिइँदो रहेछ। २६ जनवरीदेखि १५ अगस्तसम्म सबैलाई प्रेरणादायी कुरा सिकाइँदो रहेछ। डिसेम्बरदेखि फेब्रुअरीसम्म गणतन्त्र दिवसको माहोल देखियो।

सबैलाई गीत गाउनलाई उत्प्रेरणा गर्ने चलन रहेछ। विनाभेदभाव सबैलाई गणतन्त्र दिवसको कार्यक्रममा सहभागी गराइँदो रहेछ। उक्त दिन सबैमा सकारात्मक ऊर्जा भरिएको देखेँ, एकदमै राम्रो महसुस भयो। जेल प्रशासनले परामर्श गरिँदो रहेछ। सबैलाई धेरै कुरा सिक्‍न मिल्ने रहेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.