|
फाइल फोटो

धनगढी : सुदूरपश्चिममा स्क्रब टाइफस र डेंगुको संक्रमण फैलँदै गएको छ। मंगलबार बेलुकीसम्म १०४ जनामा स्क्रब टाइफस र ५० जना जनामा डेंगुको संक्रमण देखिएको छ। संक्रमण फैलदै गए पनि रोकथामका काम प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्।

प्रदेशका बाजुराबाहेक सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन्। सातवटा जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सोमबार बेलुकीसम्म ७८ जनामा स्क्रब टाइफस र ४८ जनामा डेंगुको संक्रमण देखिएकोमा मंगलबार साँझसम्म १०४ जनामा स्क्रब टाइफस र ५० जना  जनामा डेंगुको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।

सबैभन्दा बढी डडेल्धुरामा ५० जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। कैलालीमा २८ जना, बैतडीमा १२ जना, डोटीमा चारजना, कञ्चनपुरमा पाँचजना, बझाङमा तीनजना र दार्चुलामा दुईजनामा स्क्रब टाइफस देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

डेंगुका बिरामी सबैभन्दा बढी कैलालीमा देखिएका छन्। कैलालीमा २३, जना, बैतडीमा एकजना, डोटीमा दुईजना, कञ्चनपुरमा नौजना, बझाङमा एकजना र दार्चुलामा नौजनामा डेंगु देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.