|

बारा : बाराको कलैया उपमहानगरपालिका–१० स्थित कलैया मटिअर्वा सडकखण्डबाट प्रहरीले लागुऔषधसहित एकजना युवालाई पक्राउ गरेको छ।

प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट टेम्पो चढेर आउने क्रममा भारतको आदापुर–१३ फुलवरिया टोलका १९ वर्षीय अलि हुसेन मियाँ धोवीलाई प्रहरीले पक्राउ गरेको हो।

प्लाष्टिकको बाल्टिनभित्र तल अवैध लागुऔषध ओनेरेक्स ४० बोतल र नाइट्रोभेट–१० ट्याब्लेट १ सय ५० पिस राखी माथिबाट ग्रिसको लेप लगाई लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा फेला पारी परेको थियो।

पक्राउ परेका लागुऔषधसम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलोपटक दिन ५ को म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ। 

फरार प्रतिवादी पक्राउ

कुटपीट मुद्दामा ९ वर्षदेखि फरार रहेका बाराको महागढीमाई नगरपालिका–८ का ईमरित प्रसाद लाललाई प्रहरीले पक्राउ गरेको छ।

तत्कालीन पुनरावेदन अदालत हेटौँडाको २०६७ पुस १२ गतेको फैसला आदेशले कुटपिट मुद्दामा १ महिना १५ दिन कैद र रु.९ सय ७५ रुपैयाँ  जरिवाना ठहर गरे पनि उनी फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा अदालतको आदेशले ठेकिएको कैद तथा जरिवाना भुक्तानको लागी कारागार कार्यालय वीरगञ्ज पठाईएको बारा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.