काठमाडौं : सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
सञ्चालक समितिको ३२३औं बैठकले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल २५.२६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको हालको चुक्ता पूँजी रु आठ अर्ब अठासी करोड छयहत्तर लाख चार हजार पाँच सय ४० मा १० प्रतिशत बराबरको रु अठासी करोड सतासी लाख साठ्ठी हजार चार सय ९४ बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको रु एक अर्ब ३५ करोड ६५ लाख २९ हजार एक सय १४ नगद लाभांश प्रस्ताव गरेको हो। उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृतिपश्चात साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ।
सिद्धार्थ बैंकले हाल देशभर १६७ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, १८२ एटिएम र १ हजार ५०० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।