सिंहदरबारमा संसद भवन शिलान्यास गर्दै

|

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली करिब एक महिनापछि सार्वजनिक कार्यक्रममा देखिँदैछन्। 

गत भदौ ५ गते दोस्रो पटक उपचारका लागि सिंगापुरमा उपचार गरेर भदौ २० गते स्वदेश फर्किएका प्रधानमन्त्री लामो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। 

सिंगापुरमा सातौँ चरणसम्म मिर्गौलाको प्लाजमा फेरेसिस गरेर स्वस्थ भइ फर्किएका प्रम पछिल्लो समय बालुवटार र सिंहदरबारमा मात्रै सक्रिय थिए। 

सरकारी निवास बालुवाटारमै आराम गरिरहेका उनी एक साताअघि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका थिए। जहाँ उनको मिर्गौैला उपचारका क्रममा राखिएको पाइप निकालिएको थियो।

सिंगापुरबाट फर्किएपछि प्रमले नेकपा सचिवालयको बैठक र मन्त्रिपरिषद् बैठक राख्न भ्याएका छन्। नेकपा सचिवालय बैठक बालुवाटारमै बस्दै आएको छ भने मन्त्रिपरिषद् सिंहदरबारमा ।

आराम गरिरहेका ओली बुधबारदेखि पुनः सार्वजनिक कार्यक्रममा सहभागी हुन थाल्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले थाहाखबरलाई जानकारी दिए।

ओली बुधबार दुईवटा कार्यक्रममा सहभागी हुँदैछन्। पहिलो कार्यक्रम राष्ट्रिय सभागृहमा हुँदैछ। बिहान साढे ९ बजे प्रमले सातौँ राष्ट्रिय विज्ञान दिवसको राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने प्रेस संयोजक अधिकारीले बताए।

त्यसैगरी प्रमले बुधबारै संघीय संसदको आधुनिक भवनको सिंहदरबारमा शिलान्यास गर्दैछन्। बिहान साढे ११ बजे प्रमले सिंहदरबारको पुतली बगैँचामा उक्त भवनको शिलान्यास गर्ने भएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.