डेंगु रोक्न सक्दो कोशिश भइरहेको जिकिर

|

काठमाडौं :  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले  हाल देश भरका ५६ वटा जिल्लामा डेंगु रोग फैलिए पनि अपतकालीन अवस्था घोषणा गर्नु नपर्ने बताएका छन्। 

आज संघीय संसदमा सार्वजनिक महत्वको विषयमाथि समय लिएर  बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन्। यस्तै उनले हालसम्म ५६ वटा जिल्लाका पाँच हजार ९५ जनामा डेंगु देखिएको र डेंगुकै कारणले ६ जनाले ज्यान गुमाएको बताए।

उनले डेंगु नियन्त्रण गर्न तत्काल डेंगु प्रभावित ठाउँमा ‘सबैको साथ डेंगु नस्ट अभियान लागू गरिने' बताए। उनले प्रभावित ठाउँमा केन्द्रबाटै विज्ञ टोली  गठन गरी विज्ञलाई पठाउनेसमेत बताए।

यस्तै मन्त्री यादवले  विगतका वर्षमा भन्दा कडारुपमा डेंगु विश्वभर फैलिएको उनले बताए। डेंगु फैलिए पनि आतिइ हाल्नु पर्ने अवस्था नरहेको उनको जिकिर थियो। हाल सरकारले डेंगु नियन्त्रका लागि विभिन्‍न अन्तकृया कार्यक्रमसमेत सञ्चालन गरिएको बताए।

हाल संसारभर नै यस रोगको लागि निच्चितच पूर्ण खोप र विशेष उपचार नभएका कारण पनि डेंगु नियन्त्रणमा समस्या भएको बताए। त्यसैले अहे डेंगु नियन्त्रणको लागि सबै जना मिलेर अघि बढ्नुपर्ने उनले बताए। 

डेंगु नियन्त्रणको लागि लामखुट्टे ‘खोज र नष्ट गर’  विधि नै उत्तम रहेको बताए।  यस्तै गत वर्ष धेरै डेंगु देखिएको झापा, मोरङ, सुनसरी, चितवन र धादिङमा विशेष  कार्यक्रम समेत सञ्चालन गरिएको बताए।

हालसम्म डेंगु नियन्त्रणका लागि ८५ वटा स्थानीय तहामा एक रोड ६६ लाख ६ करोड रुपैयाँ प्रदेशमा पठाइसकिएको उनले बताए। एक हजार ७५ जनामा अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिएको उनले जिकिर गरे।

यादवले ११ हजार डेंगु परीक्षण किट पठाइएको दाबी गरे। पोखरा धरानमा सुपरीक्षण गरिरहेका विज्ञहरुसँग छलफल गरिएको उनले बताए। यस्तै काठमाडौं उपत्यकामा हेल्प डेक्स स्थापना गर्नुका साथै २० वटा बेड डेंगु बिरामीका लागि छुट्याइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.