|

काठमाडौं : टिभी वान एचडीले १०० दिन पूरा गरेको छ। नेपालकै पहिलो कमेडी च्यानलले छोटो अवधिमै दर्शक श्रोताको अपार माया पाउन सफल भएको टेलिभिजनले जनाएको छ।

यस च्यानलबाट हास्यव्यंग्यलाई मुख्य आधार बनाएर अन्य टेलिभिजन कार्यक्रमभन्दा पृथक शैलीका कार्यक्रमहरू प्रशारित हुने गरेका छन्।

हाल यस टेलिभिजनबाट प्रशारित बच्चाहरुको कार्यक्रम कमेडी किड्स, चम्सुरीसँग चिया गफ, प्रयाङ्क, झोला भित्र के होला?, कमेडी गीतहरुको ट्रेन्डिङ फाएभ, फन्नी कार्यक्रम टिक टक हिट हट, तथा १०० औं दिन सफलताका साथ पार गरेको उपलक्ष्यमा गेस द टेष्ट, फन टक विद काका, लब एक्सप्रेस, माई लाईफ स्टोरी, जस्ता नयाँ कार्यक्रम प्रशारण गर्ने भएको छ।

यसैबीच, पनाह अधिकारीको खोतलखातल, टुक्का जस्ता हाँस्य टेलिश्रृखंला शीघ्र प्रशारण हुँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.