व्यवस्थापन सुधारपछि नयाँ जहाज र सेवा वृद्धि

|

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्‍यन मन्त्री योगेश भट्टराइले नेपाल वायु सेवा निगमका कर्मचारीलाई थप सेवा सुविधा लिने बाटोमा नलाग्न आग्रह गरेका छन्।

पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा गठित समितिले बुधबार बुझाएको नेपाल वायु सेवा सुधान प्रतिवेदन बुझ्ने क्रममा मन्त्री भट्टराईले यस्तो आग्रह गरका हुन्।

उनले निगमको संचालक समितिको बैठकमा पनि यसबारेआफुले जानकारी गराएको बताए। अहिलेको अवस्थामा निगमका कर्मचारीको सेवा सुविधा थप्न नसकिने अवस्था नरहेको उनले बताए।

‘निगम नै यस्तो हालतमा छ, यस्तो अवस्थामा बढी सेवा सुविधा कहाँबाट दिनु?', उनले भने, 'यो संकटमा सुविधा धेरै नखोज्न भनेको छु। उहाँहरूले सामान्य रुपमा लिनु भएको छ।'

आमाको दूध आउनजेल मात्रै चुस्नुपर्ने बताउँदै आउन छाडेपछि झम्टिनु गलत भएको उनले उल्लेख गरे। ‘सामान्य कुरा आमाको दूध आउन्जेल चुस्ने हो, आउन छोडेपछि झम्टिने होइन,’ भट्टराईले भने। उनले केही वर्षलाई अहिलेको सेवा सुविधामा चित्त बुझाउन आग्रह गर्दै निगम बलियो बनाएसँगै सुविधा थप गरिने उल्लेख गरे।

मन्त्री भट्टराईले निगममाथि सरकार दायित्व बढाउन प्रतिवद्ध भए पनि निगम व्यवस्थापकले विश्‍वासको आधार खडा गर्नु पर्नेमा जोड दिए। ‘खटाइएको व्यवस्थापकले विश्‍वासको आधार बनाउनु पर्छ', उनले भने, 'सरकाले यो संस्थामाथिको दायित्व अनिवार्य बढाउँछ।’।

उनले तेस्रो पटक वाह!.. नेपाल एउयरलाइन्स बनाउने प्रतिवद्धता पनि जनाएका छन्। उनले मन्त्राकालयको कार्यभार समहाल्दा पहिलो पटक यस्तो बताएका थिए।

साउन २२ गते सुधान सुझाव समिति गठनका क्रममा पनि उनले यस्तो प्रतिवद्धता दोहोराएका थिए। व्यवस्थापकीय सुधारसँगै विमान बढाउने कुरामा सरकारको ध्यान जाने उनले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.