|

म्याग्दी : मुस्ताङबाट तीर्थयात्री बोकेर पोखरा हिँडेको हेलिकोप्टर म्याग्दीको रघुगंगा गाउँपालिका-२ राखु भगवतीको धानखेतमा आकस्मिक अवतरण गरिएको छ। मौसम खराब भएका कारण एयर डाइनेस्टिक हेलिकोप्टर धानखेतमा अवतरण गरेको हो।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले मौसम खरावका कारण पाइलट अर्जुन मल्लसहित ६ जना यात्रु सवार हेलिकोप्टर खेतमा आकस्मिक अवतरण गरेको जानकारी दिए। पाइलट अर्जुन मल्लसहित मुक्तिनाथ तीर्थयात्रामा गएका पाँचजना भारतीय नागरिक हेलिकोप्टरमा सवार थिए। हेलिकोप्टरमा सवार सबै सकुशल रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.