|

काठमाडौं : सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरूलाई पुनः आह्वान गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन सबै श्रमिकहरूलाई पुनः आह्वान गरेको हो।

मन्त्री विष्टले सरकारको सो अभियानमा साथ पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरेका हुन्। सरकारी तथ्यांक अनुसार हाल ६५ हजार ५६७ जना मात्रै सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका छन।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले श्रमिकलाई न्यूनतम तलबसमेत नदिने कुनै पनि संस्थामाथि सरकारले कारबाही गर्ने चेतावनी पनि दिएका छन्। मन्त्री विष्टले सबै सरकारी तथा निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरूलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न पनि सबै विद्यालयहरूलाई सचेत गराएका छन्।

मन्त्री विष्टले निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरूको पनि सामाजिक सुरक्षा योजना अन्तरगत पेन्सनको व्यवस्था गर्ने आश्वासन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.