काठमाडौं : पञ्जीकरण विभागले करारमा दुई हजार कर्मचारीलाई नियुक्त गर्नको लागि आवदेन माग गरेकोमा ५० हजार भन्दा बढीले आवेदन दिएका छन्। ७५३ स्थानीय तहमा अपरेटर र फिल्ड सहायक पदमा करार कर्मचारी माग गरेर सूचना निकालिएको थियो।
भदौ १७ गते गोरखापत्रमा सूचना प्रकाशित गरेकोमा मंगलबारसम्ममा ५० हजारभन्दा बढीले आवदेन दिएको विभागले जनाएको छ। सबैभन्दा बढी काठमाडौं महानगरपालिकामा अपरेटरमा ३८४ जना र फिल्ड सहायकमा ४४८ जनाले आवदेन दिएका छन्।
अपरेटरको लागि १८ हजार ६१ र फिल्ड सहायकको लागि ३३ हजार २६९ जनाले आवेदन दिएका छन्।
कहाँ कति?
तपाईंको ईमेल गोप्य राखिनेछ ।