|
प्रतीकात्मक तस्विर

काठमाडौं : ‘नेपाल भ्रमण वर्ष -२०२०’ को आधिकारिक वेबसाईट तथा सामाजिक संजाल फेसबुक, ट्विटर, इन्स्टाग्राम र लिंक्डइन पनि सार्वजनिक भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बुधबार काठमाडौंमा एक कार्यक्रममाका बीच ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण सूचनाहरू जानकारी दिने उद्देश्यका साथ तयार पारिएको सो आधिकारिक वेबसाइट तथा सामाजिक संजालका ह्यान्डलहरूको एकैसाथ शुभारम्भ गरेका हुन्।

'नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयले तयार पारेको https://visitnepal2020.com र visitnepalnews.gov.np रहेका छन।

त्यसैगरी सामाजिक संजालहरूका फेसबुक : https://www.facebook.com/nepallifetimeexperiences/ , Instagram : https://www.instagram.com/visitnepalyear2020/ , Linkedin : https://www.linkedin.com/showcase/visit-nepal-2020-secretariat/ , ट्विटर : https://twitter.com/VNY2020official   रहेका छन।

यी सामाजिक संजालमा नेपाल भ्रमण वर्षका सम्पूर्ण सूचना प्रचारप्रसार गरिने ‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिए।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको तयारीको कामलाई तीव्रता दिने क्रममा यसको आधिकारिक वेबसाइटहरूको पनि शुभारम्भ गरिएको बताए।

‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाइटमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सम्बन्धि जानकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरूको पनि सो सम्बन्धि सन्दर्भ सामग्रीहरू भिडियोमार्फत सार्वजनिक गरिने बताइएको छ। मन्त्री भट्टराईले यी वेबसाइटहरूबाट नेपाल भ्रमण वर्षको तयारीका सम्पूर्ण गतिविधि सार्वजनिक गर्न पनि सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन्।

मन्त्री भट्टराईले यस अघि ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन उद्योगी, व्यवसायी र कलाकारहरूसँग छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.