|

ओखलढुंगा : आफ्नै सहकर्मी कुटेको आरोपमा पक्राउ परेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ का वडा अध्यक्ष अजय लुइटेल रिहा भएका छन्। उनी बुधबार  ६० हजार धलौटीमा हिरासत मुक्त भएका हुन्।

लुइटेललाई चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका-७ का वडा अध्यक्ष सुरेश थापालाई २०७६ असार ३० गते कुटपिट गरेको आरोप लागेको थियो। थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर आएका लुइटेलले निहुँ खोज्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गत साउन १ गते उजुरी दिएका थिए।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा हिरासतमा रहेका लुइँटेल ६० हजार रकम धलौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले बताए। प्रहरीको सम्पर्कमा समेत नरहेको भनिएका लुइटेललाई अघिल्लो आइबार साँझ जिल्ला सदरमुकामबाटै प्रहरीले पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.