|

कञ्चनपुर : दृष्टिविहीन क्रिकेट खेलाडीको क्षमता विकासका लागि दृष्टिविहीन क्रिकेट संघ कञ्चनपुरको आयोजनामा बुधबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। पाँच दिने तालिमको सुदूरपश्चिम सरकारका उद्योग, वन पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकास रावलले उद्घाटन गरेका हुन्।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै उनले फरक क्षमता भएका खेलाडीलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने नीति अबलम्बन गरेको बताए। ‘खेलाडीहरुको क्षमता विकास, सम्मान र प्रोत्साहनका लागि प्रदेश सरकार प्रतिवद्ध छ’ उनले भने। प्रदेश सभाका सदस्य लालबहादुर खडकाले फरक क्षमता भएका खेलाडीलाई प्रदेश सरकारले मुलधारमा ल्याई क्षमता विकास गर्नु पर्ने बताए।

तालिममा कैलाली र कञ्चनपुरका ३० जना दृष्टिविहीन क्रिकेटका खेलाडीको सहभागिता रहेको छ। संघका अध्यक्ष अकबर जोशीले तालिम अवधिमा सहभागीलाई ब्याटिङ, बोलिङ र फिल्डिङबारे प्रशिक्षण दिइने बताए। असोज ५ गतेसम्म तालिम सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.