|

उदयपुर : अविरल वर्षाको कारण तीन जिल्लालाई राजधानी काठमाडौं र तराईसँग जोड्ने मध्यपहाडी र सिद्धिचरण राजमार्ग अवरुद्ध भएपछि यातयात ठप्प भएको छ। प्रदेश १ मा पर्ने खोटाङ, ओखलढुँगा र सोलुखम्बुको मुख्य मार्ग पर्ने मध्यपहाडी र सिद्धिचरणलोकमार्ग अवरुद्ध भएपछि यातयात ठप्प भएको हो।

तीन दिन देखिको निरन्तर परेको वर्षाका कारण सडकको विभिन्न खण्डमा पहिरो गएपछि अवरुद्ध भएको छ। धेरै ठाउँमा सडक भत्किएको र बुधबार बिहानै देखि खोलाहरुमा बाढी आएकाले सवारी आवगमन ठप्प भएको कटारी घुर्मीका ट्राफिक प्रहरी कटबहादुर खड्काले जानकारी दिए। उनका अनुसार सोलुखम्बु, ओखलढुंगा र  खोटाङ्ग समस्यामा परेका छन्। ‘माथिल्लो सगरमाथामा पर्ने यी तीन जिल्ला जोड्ने सडक अवरुद्ध भएका छन,’ उनले भने, ‘भडारे खोला, उदयपुरको बादुरा खोला र सिन्धुलीको सोखु खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको छ।’

उदयपुरको घुर्मी बजारमा नजिकै सडकमा पहिरो गएको छ। सिद्धिचरण राजमार्गको घुर्मी-कटारी र मध्यपहाडी राजमार्गको घुर्मी–खुर्कोट सडकमा खण्डमा अवरुद्ध भएको छ। जाने-आउने सवारी सबै रोकिएपछि यात्रु समेत अलपत्र परेका छन। घुर्मी बजार आसपासको अवरोध हटाउने प्रयास भईरहेको घुर्मी प्रहरीले जानकारी दिएको छ। अवरुद्ध भएका सडक खुलाउने प्रयास सुरु भएको सम्बन्धित जिल्लाका सरोकारवालाहरूले जानकारी दिएका छन।

पहिरोले कर्णाली राजमार्ग सहित दर्जनौँ ग्रामीण सड्क अवरुद्ध

दैलेख : तीन दिनयता लतारको वर्षापछि आएको पहिरोले दैलेख जिल्ला भरका दजनौँ ग्रामीण सडकका साथै दैलेख र सुर्खेतको सिमानामा रहेको सेते भीरमा पहिरो जाँदा कर्णाली राजमार्ग बुधबार बिहानदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए।

यस्तै, दैलेख बजारदेखि नौमूले गाउँपालिकासम्म जाने सडक पहिरोमा पहिरो जाँदा यातायात ठप्प भएको नौमुले गाउँपालिकाका कार्यकारी अधिकृत गणेणप्रसाद कोइरालाले बताए। यसैगरी, दैलेख सुर्खेत सडक खण्डमा ठाउँठामा पहिरो गएको प्रहरी जनाएको छ। दैलेखको पूर्वी खण्डमा पर्ने मध्यपहाडी पुष्पलाल राजमार्गसमेत अवरुद्ध भएको छ।

यस्तै, जिल्लाको पश्चिममा रहेको मध्य पहाडी राजमार्ग पनि वर्षाका कारण अवरुद्ध भएको छ। भैरवी गाउँपालिकाको पानी पोखरी प्रहरी चौकी नजिकै पहिरो जाँदा यातायातका साधन सञ्चालन गर्न नसकिएको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले बताए। 


उदयपुर : विदुर कटुवाल / दैलेख : उदय अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.