|

च्याम्पियन्स लिग फुटबलको समुहचरणको पहिलो खेलमा फ्रेन्च क्लब पिएसजीले स्पेनिस जाइन्ट रियल म्याड्रिडविरुद्ध सहज जित निकालेको छ। एन्जल डी मारियाले दुई गोल गर्दा म्याड्रिडलाई ३–० ले पराजित गर्न रियल सफल भएको हो।

घरेलु टोली पीएसजी तीन मुख्य फरवार्डविनानै  मैदान उत्रिएको थियो। निलम्बनको कारण नेयमार र चोटका कारण केलियन एम्बाप्पे र ईडिन्सन काभानी मैदानमा नभएपनि उसले रियललाई एकपछिय आक्रमण गर्यो। मारियाले सुरुवातमै दुई गोल गर्दै पीएसजीको जित यात्रालाई सहज बनाए। अर्को एक गोल दोस्रो हाफको ईन्जुरी समयमा थोमस म्युनिरले गरे।

पीएसजीको जितले रियल प्रशिक्षक जिनेदिन जिदानमाथि ठुलो दबाब थपिएको छ। जो क्लब फर्किएपछि जितको अनुपात ५० प्रतिशतमा झरेको छ। ईडेन हजार्डले रियलको जर्सीमा च्याम्पियन्स लिगमा डेब्यु गरे। उनले केही राम्रो अबसरहरु निकालेपनि सदुपयोग गर्न सकेनन्।

१४ औ मिनेटमा पीएसजीलाई सूरुवाती अग्रता दिलाउनले क्रममा डी मारियाले पहिलो गोल गरे। ३३ औ मिनेटमा डि बक्स बाहिरबाट अर्को उत्कृष्ट गोल गर्दे उनले टिमको अग्रता दोब्बर बनाएका थिए। खेलमा फर्कने प्रयासका क्रममा ग्यारेथ वेलले आकर्षक भलि गोल गरेका थिए। तर  रेफ्रीले भिएआरको सहायतामा उनको उक्त गोललाई मान्यता दिएनन्। भिएआर हेर्दा बल होल्ड गर्ने क्रममा वेलले सो बललाई हातले छोएको देखिएको थियो। समुह एमा पीएसजीले ३ अंक जोड्न सफल भयो। रियल अंक विहिन छ।

टोटनह्यामको बराबरी

च्याम्पियन्स लिग अन्तर्गतनै बुधबार भएको अर्को खेलमा इंग्लिस क्लब टोटेनह्याम बराबरीमा रोकिएको छ। बुधबार राति भएको खेलमा टोटेनह्यामले ग्रिसको क्लब ओलम्पिकाससँग २–२ गोलको बराबरी खेलेको हो।

ओलम्पिक्सको घरेलु मैदानमा २ गोलको अग्रता जोगाउन नसक्दा टोटेनहम बराबरीमा रोकिएको हो। खेलको २६ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनुह्यामलाई अग्रता दिलाए। खेलको ३० औं मिनेटमा लुकास मौराले गोल गरेपछि टोटेनहम २–० ले अघि रह्यो।

तर, दुई गोलको अग्रता जोगाउन टोटनह्याम असफल भयो। ४४ औं मिनेटमा डानिल पोडेन्सले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। त्यसपछि खेलको ५४ औं मिनेटमा माथियु भल्ब्युनाले पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए। 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.