|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसद्का दुवै सदनलाई सम्बोधन गर्ने भएका छन्। 

दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधी सभाको बैठकलाई र त्यस पछि राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जाकारी दिए।प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने  अधिकारीले बताए। 

यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए। सिंगापुरमा उपचार गराएर फर्किएपछि बुधबारदेखि सार्वजनिक कार्यक्रममा सक्रिय भएका ओलीले आफ्नो उपचारको बारेमा पनि सदनलाई जानकारी गराउने छन्।  आज बस्ने प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समय भने हटाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.