|

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले संविधानले मधेसबासी जनताको भावना नसमेमेटको आरोप लगाएका छन्। 

संघीय संसदको बजेट अधिवेशन समापनलाई बिहीबार सम्बोधन गर्दै नेता महतोले संविधान दिवस (असोज ३) गतेका दिन मधेसमा ‘ब्ल्याक आउट’ गर्ने बताएका छन्। 

अमेरिकामा संविधानलाई कयौँ पटक संशोधन गर्दैै सबै नागरिकलाई अधिकार दिएर विश्वकै समृद्ध भएको उनले बताए । महतोले एकल जातीय अहंकारबाट देशलाई मुक्त गर्नुपर्ने माग गरे। संविधान संशोधन नगरी मनाइने संविधान दिवस गाईजात्रे हुने उनले तर्क गरे। 

‘जनताको छातीमा गोली हानेर संविधान दिवस मनाउने? संविधान दिवस होइन जनताले ब्ल्याक आउट गर्छन्’, उनले भने, ‘जनताका अधिकार खोसेर कसरी हुन्छ संविधान दिवस। सरकारले सांसद रेशम चौधरीलाई जेल हालेर बसेको छ। खोई त समानता, पहिचा र अधिकार?’

हिमाल, पहाड, मधेसका सबैले अधिकार पाउनुपर्ने बताउँदै उनले सरकार नै संविधान असफल पार्नेतर्फ लागेको बताए । ‘संविधान असफल बनाउने काम सरकाले गर्नुहुँदैन। संविधानमाथि सरकारबाटै धेरै प्रहार भएको छ’, उनले भने, ‘संविधान संशोधनमा सरकारले किन दोहोरो चरित्र देखाउँदैछ? तत्काल संविधान संशोधन हुनुपर्छ।’

एकजना विदेशमन्त्री आउँदा सरकारले ५ हजार त्रिपाल मागेर चित्त बुझाएको उनले बताए । 'विदेशमन्त्री आउँदा ५ हजार त्रिपाल लिन्छ सरकार, राष्ट्रपति आउँदा १५/२० हजार त्रिपाल लिनु होला', उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.