|

संखुवासभा : अक्कर भीरबाट मंगलबार राति अरुण नदीमा खसेको जिपसँगै बेपत्ता भएकाको खोजी कार्य सुरु भएको छ। मंगलबार धर्मदेवी नगरपालिका-८ स्थित अक्कर भीरबाट बिरामी बोकेको बोलेरो जिप खस्दा जिपमा सवार छजना बेपत्ता भएका थिए। 

दुर्घटनामा परी अरुण नदीमा बेपत्ता भएका यात्रुको खोजी गर्न गोताखोरको टोलीले खोजी कार्य सरु गरेको हो। सशस्त्र प्रहरीका वरिष्ठ हवलदार बलराम अधिकारीको कमाण्डमा चारजना गोताखोरको टोली बिहीबार दिउँसोबाट खोजी कार्य सुरु गरेको हो।


सम्बन्धित समाचार


बेपत्ताको खोजी गर्न चितवनबाट गोताखोर बोलाइएको टोली आइपुगेको संखुवासभाका प्रहरी प्रमुख डिएस्पी मिम लामाले जानकारी दिए। बुधबार स्थानीय र सुरक्षाकर्मीले खोजी कार्य गरेको भएता पनि माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण अरुण नदीको बहाव उच्च रहेकाले बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको उनको भनाइ छ।


 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.