|
फाइल फोटो

सिन्धुपाल्चोक : सुनकोसी गाउँपालिका ७ स्थित चामुण्डादेवी आधारभूत विद्यालयका एक शिक्षक पक्राउ परेका छन्। विद्यार्थीमाथि यौनहिंसा गरेको आरोपमा शिक्षक राजु कुँवर पक्राउ परेका हुन्।

विद्यालयमा अध्ययनरत एक बालिकालाई यौनहिंसा गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। पीडित छात्राले शिक्षक आफूलाई पटकपटक यौन दुर्व्यवहार गर्दै आएको भनेर जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

आरोपित शिक्षकलाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी उपरीक्षक काफ्लेले जनाए। उनका अनुसार आरोपित कुँवरमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ। गृहकार्य परीक्षण गर्ने क्रममा शिक्षक कुवरले विद्यार्थीको संवेदनशिल अंगमा हात पुर्‍याउने गरेको छात्राको आरोप छ।

यौनहिंसाको कुरा गाउँमै मिलाउन स्थानीय जनप्रतिनिधिले समेत दवाव दिएको स्रोतको दावी छ। जनप्रनिधि र राजनीतिक दलका नेताबाटै यौन दुर्व्यवहारको घटना लुकाउन खोजिएको परिवार स्रोतले बतायो। तर, घटना मिलाउँन जनप्रनितिधि र नेताको दबाव आएको कुरा प्रहरीसम्म आइनपुगेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.