|

म्याग्दी : नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारको गफ जस्तै काम गरेको भए देशले मुहार फेरिसक्ने बताएका छन्। कांग्रेसको दोस्रो चरणको जनजागरण अभियानको क्रममा म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन्।

सरकारको गफको रफ्तारमा देशमा विकास भएको भए अहिले एक घण्टाको बाटोमा ४ घण्टा लगाएर हिँड्नु पर्ने जनताको अवस्थाको हुँदैनथ्यो भन्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपबाट ग्यास आउछ भनेका थिए त्यो कहाँ आइपुग्यो भनि प्रश्न गरे। 'घरको छेउछाउ आयो की अझै उखानको टुक्कमा नै सीमित छ यसको बारेमा बोल्नु छोड्नु भएको छ। जनताले उखान हो भनेर थाहा पाएछन् की' पौडेलले व्यङ्ग्य गरे।

नेता पौडेलले भने ‘म्याग्दीमा ३. ८ किलोमिटर मात्र सडक कालोपत्रे रहेछ। यसले म्याग्दीको खिल्ली नै उठाएको छ। एउटा सांसदले ६ करोडको बजेट पाउछ। त्यो रकमले सडक पिच गरेको भए पनि अहिले सम्म बिस किलोमिटर त सडक कालोपत्रे हुनेपर्ने म नेकपाको सांसद हो भन्ने नेकपाका सांसदलाई लाज लाग्नु पर्ने।'

सिंहदरबारको जग्गा प्रकरणमा नेकपाकै महासचिव जोडिनु भएको थियो। खै त्यो मुद्दा सरकारले कहाँ पुर्‍यायो ? भन्दै नेता पौडेलल  वाइडबडी प्रकरणको प्रतिवेदन प्रधानमन्त्री पढ्नु भएको कि भएन, पढेको भए अपराधी पत्ता लगाउनु पर्ने अहिलेसम्म केही भएको छैन भनेर व्यङग्य गरे।

कार्यक्रममा कांग्रेसका जिल्ला स्तरीय नेताको उपस्थिति रहेको थियो। उनीहरूलले अब कांग्रेस सरकारको मनपरि तन्त्रको विरुद्धमा संघर्ष गर्न सडकमा उत्रिने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.