|

हेटौंडा : संविधान दिवसको अवसरमा प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा भव्य कार्यक्रम भएको छ। तीन हजार जनाभन्दा धेरैको सहभागितामा कार्यक्रम भएको हो।

प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख,  मन्त्रीहरु, राष्ट्रियसभा तथा प्रतिनिधि सभामा सांसदहरु, प्रदेशसभाका सदस्यहरु, विभिन्न निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सहकारी, विद्यालयहरु, विभिन्न जातजाति मानिसहरु झाँकीसहित उपस्थित भएका थिए। झाँकीसहितको ¥यालीले बजार परिक्रममा गरिएको थियो। 

कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बानियाँसहितको उपस्थिति रहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.